गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०

इनेप्लिज २०७७ चैत १५ गते १०:३५ मा प्रकाशित

लण्डन।कोरोना भाइरस -कोभिड १९_को संक्रमणबाट विदेशमा थप३ जनाको निधन भएको छ।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारणनिधन भएको हो।

गैरआवासीय नेपाली संघ -एनआरएनए_ का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २२ देशमा रहेका ३सय ४५ जना नेपालीको निधनभएको छ।संयोजक डा. सापकोटाका अनुसार यो साता बेल्जियम,मलेसिया र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।

हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएकोछ।तीमध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन्। विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८प्रतिशत रहेको छ।यसै बीच, कोरोना भाइरसका कारणनेपालमा ३ हजार ३७ जनाको निधनभएको छ।

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० जना भने २ लाख ७२ हजार ४ सय ३५ जना कोरोनाबाट मुक्त भएकाछन्। संक्रमणमुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत छ।

स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको रभारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ।

उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका रनलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ,हावाओहोर दोहोर हुनेठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाईका साथ पालना गर्न उहाँले सुझाउनुभएको छ।

यसैबीच काठमाडौंमा पछिल्लो समयफैलिएको धुलो धुवाँबाट जोगिन स्वास्थ्य समितिले सुझाव दिएको छ।

डा सापकोटाले प्रदूषणले स्वासप्रश्वास लगायत भर्खरै कारोना संक्रमणमुक्तहरूलाई बढी असर गर्ने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ।तत्कालिन रूपमा आँखा पोल्ने,आँखा चिलाउने,आँखा रातो हुने लगायतका लक्षणहरू देखिने र पछि दीर्घकालमा समेत असर पर्ने उहाँले बताउनुभयो।अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र निस्कि हाले पनि शरीर ढाक्ने कपडालगाउने,मास्क तथा चस्मा समेत लगाउन डा सापकोटाले सुझाउनुभएको छ।

 

चिरन शर्मा

प्रेश संयोजक, गैरआवासीय नेपाली संघ, ‘कोभिड १९’ उच्चस्तरिय समिति

 

२८ मार्च, आइतवार, २०२१

NRNA LOGO
Group Mail Code of Conduct
1. Avoid Greetings on festivals and condolence on group mail, if you must send, send it to individuals.
2. Avoid repetition of same opinions
3. Avoid use of reply all function unless it is thought to be of a general interest.
4. Avoid sending replies to the individual through group mail.

NRNA

Corona Virus Precautions : stay safe
1.Wash hands thoroughly and frequently with soap for 20 seconds.
2. Carry hand sanitizer
3. Avoid touching your face
4. Maintain social distance in public gatherings
5.Cover your mouth and nose with mask while in public.

 

प्रतिक्रिया