‘अल इज वेल’ भन्ने ‘टु इडियट’ लाई कोरोना संक्रमण

इनेप्लिज २०७७ चैत १३ गते १:०३ मा प्रकाशित

हिन्दी चलचित्र थ्री इडियटमा ‘अल इज वेल’ भन्दै नाच्ने नायक आमिर खान र आर माधवन दुवैलाई कोरोना भएको छ ।

आमिर खानलाई कोरोना पुष्टि भएको भोलिपल्टै आर माधवनले पनि आफुलाई कोरोना भएको कुरा सामाजिक सञ्जालमा रमाइलो शैलीमा लेखेका छन् ।

चलचित्र थ्री इडियटको कथासंग जोड्दै लेखेका छन्, फरहानले जहिले पनि रेन्चोलाई पछ्याउनु पथ्र्यो र भाइरसले हामीलाई पछ्याउंथ्यो तर यसपटक भाइरसले समाएरै छाड्यो, माधवनले ट्वीटरमा लेखेका छन्, तर पनि सवै ठिकै छ, चांडैनै कोरोना इनारमा पुग्नेछ ।

चलचित्रमा आमिर खान रेन्चोको भूमिका थिए भने माधवन फरहानको रुपमा थिए जहां भाइरस नाम दिइएका कलाकार वोमान इरानी थ्री इडियटको पछि लाग्ने गर्थे ।

माधवनले छोटो सन्देशमा लेखेका छन्, हामी यस्तो ठाऊमा छौं जहां राजुलाई प्रवेश गराउन चाहदैनौ । चलचित्रमा राजु रस्तोगीको भूमिकामा सरमान जोशी थिए ।

नयां चलचित्रको लागि समय दिन सामाजिक सञ्जालवाट टाढा रहेका आमिर खानको स्वास्थअवस्थाको वारेमा भने उनका प्रवक्ताले जानकारी गराएका थिए ।

 

प्रतिक्रिया