‘छोरी’

रजनी (कन्चन) मल्ल २०७७ चैत १२ गते २२:१३ मा प्रकाशित

 

छोरी तिमी आमाको गर्भ देखि नै माया र खुशी बोकेर आऊ

जन्मेपछि घरमै रमाइलो बातावरण मा छाऊ

आमा बाबाको आँखाको नानी बनि सधै सुरक्षा पाऊ

अबसर, हौसला, माया पाई प्रगति गर्दै जाऊ।

कसैको कुदृष्टि तिमीमाथि कहिल्यै नपरुन

कसैले तिमीलाई उपहासोको पात्र नबनाउन

कहिल्यै अन्धबिश्वासको शिकार तिमी नबनुन

बरु तिमी नै सबैको लागि राम्रो उदाहरण बन्न सकुन ।

 

कुनै पनि कठिन परिस्थिति, कहिल्यै तिमीमा नआउन्

आएमा बलियो मनस्थितिका साथ्, संघर्ष गर्दै अघि बढुन

कहिल्यै पीडाको आशुले, आँखा तिम्रा नरसाउन्

आएमा ति आशुलाई, खुशीले सजाउन।

हरेक क्षेत्रमा छोरी तिमीले शतर्कता पुर्बक पाइला चालुन

अन्याय अत्याचारको बिरुद्धमा छोरी तिमीले, निडर भै सधै उठ्न सकुन

सधै जीवनमा छोरी तिमीले, स्वाभिमानी भै बाच्न सकुन

कुनै न कुनै क्षेत्रमा छोरी तिमीले, योगदान सधै दिन सकुन ।

 

कसैको कठपुतली होइन छोरी तिमी अब, यो कुरा सधै मनमा राखिरहुन

आफ्नो मनले जे भन्छ, त्यो कुरालाई सधै सुन्न सकुन ,

कुनै पनि इतिहास होइन छोरी तिमी अब, परिवर्तन लाई निम्त्याउन सकुन

कुन ठिक कुन बेठिक छोरी तिमीले अब, त्यसलाई सधै छुट्याउन सकुन ।

जिबनमा आउने चुनौतिसंग, डटेर सामना गर्न सकुन

कुनै पनि कठिन परिस्थितिमा, कहिल्यै तिमी नदग्मगाउन

तिमी भित्रको मानवतालाई, सधै जीवित राख्न सकुन

कसैको अपहेलनाको पात्र होइन छोरी तिमी अब,
सबैको आदरणिय बन्न सकुन।

रजनी मल्ल
न्यु जर्शी अमेरिका

प्रतिक्रिया