आइतबार, चैत २९ २०७७
काठमाडौं २१:५९
वासिङटन डिसी 12:14

खेलकुल उच्च प्राथमिकता राखेको–मुख्यमन्त्री शेरधन राई

इनेप्लिज २०७७ चैत १२ गते २२:०३ मा प्रकाशित

विराटनगर,१२ चैत।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।

विराटनगर सिटी क्लबको आज यहाँ उद्घाटन गर्दै उहाँले खेलकुदले स्वस्थ्य नागरिक उत्पादन गर्ने भएकोले यसमा सरकारको चासो छ भत्रुभयो।

मुख्यमन्त्री राईले प्रदेश नं १ लाई सबै प्रकारको खेलको राजधानी बनाउने भन्दै फुटबलको उर्वरा भूमि रहेको यो प्रदेशलाई खेल र खेलाडीको रुपमा चिनाउने दावी गर्नुभयो।

उहाँले खेलकुदको माध्यमबाट अन्तरष्ट्रिय स्तरमा नेपालको पहिचान बढ्ने भएकोले व्यवसायिक खेलमा लाग्न खेलाडीहरुलाई हौँसाउँदै खेलाडी र खेलकुदको विकास र प्रवद्र्धनमा सरकार गम्भीर छ भत्रुभयो।

सो अवसरमा क्लबका अध्यक्ष अनुपरञ्जन भट्टराई र वरिष्ठ फुटबल खेलाडीले व्यवसायिक खेल र खेलाडीको विकास र प्रवद्र्धनमा क्लब लागि रहने कुरामा जोड दिनुभयो।आउने बैशाखमा काठमण्डौंमा आयोजना हुने सुपर लिग फुटबल प्रतियोगितामा क्लबले पनि सहभागिता जनाइने जनाइएको छ।

प्रतिक्रिया