आइतबार, चैत २९ २०७७
काठमाडौं २१:१७
वासिङटन डिसी 11:32

आक्रमणमा परेका लिफ्ट चालक आशिष सापकोटाका लागि सहयोगको अपिल (गोफण्ड लिंक सहित)

इनेप्लिज २०७७ चैत १२ गते २:१७ मा प्रकाशित

लुइभेल, केन्टकी । लिफ्ट चलाउने क्रममा आक्रमणमा परेका आशिष सापकोटाका लागि सहयोग आह्वान गर्दै गोफण्ड खाता खोलिएको छ ।

न्युयोर्कमा लिफ्ट चलाउने क्रममा आफुलाई ग्यांग स्टारको रुपमा चिनाउने यात्रुले केही दिन अघि चालक सापकोटामाथि आक्रमण गरेको थियो ।

एक महिला सहित चढेको सो यात्रुले यात्राकै क्रममा महिलामाथि आक्रमण सुरु गरेको थियो ।

चालक सापकोटाले उनीहरुलाई झगडा वन्द गर्न वा आफ्नो सवारी छाड्न पटक पटक अनुरोध गरेका थिए ।

सार्वजनिक गरिएको भिडियो अनुसार, लिफ्ट चालक सापकोटाको अनुरोधलाई अस्वीकार गर्दै सो यात्रुले महिलामाथि लगातार कुटपिट गरेर महिला रुन थालेपछि गाडीलाई साइड लगाउंछन् ।

गाडी हाइवेको साइडमा रोकिएपछि सो यात्रुले आफ्नो गन्तव्यमा पुर्याउन दवाव दिन थाल्छ तर सापकोटाले आफु अगाडि नजाने वढी दवाव दिएमा प्रहरीलाई खवर गर्ने कुरा गर्नासाथ आक्रमण सुरु हुन्छ ।

आक्रमणको कारण एक रात अस्पताल वसेर फर्किएका चालक सापकोटाले अहिलेसम्म लिफ्टवाट कुनै सहयोग पाएका छैनन भने एनआरएन वा अन्य कुनै नेपाली संघसंगठनले पनि खास चासो दिएका छैनन ।

यसरी नेपाली संस्थाहरुले ठोस अगुवाइ नलिएको अवस्थामा चालक सापकोटाको सहयोगका लागि लामा घिसिङ सोनामले गोफण्डमीमा खाता खोलेर सहयोग संकलन सुरु गरेका छन् । हिजो खोलिएको खातामा अहिलेसम्ममा १ हजार १ सय ८२ डलर जम्मा भएको छ ।

चालक सापकोटा अझै पनि आफ्नो पेशामा फर्कन शारिरीक र मानसिक रुपले तयार नभएकोले उनलाई तत्कालका लागि सहयोग आवश्यक छ । सहयोगका लागि यो लिंक (https://gofund.me/4f6144b3) क्लिक गर्न सक्नुहुने छ ।

प्रतिक्रिया