तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ मा एक जना बालक बाटोमा हिड्दै गर्दा भेटिए।बिबेक थापा मगर बताउने ४ वर्षिय बालक बाटो छेउमा रहेको थोत्रो त्रिपालले बारेको घरमा बस्दा रहेछन्।उनको त्यो घरमा उनका बुबा र दिदी संगै बस्दा रहेछन्।
तर हामीले भेट्दा उनका बुबा कामका लागि खोलामा जानुभएको थियो।दिदी पनि उनि संगै थिईनन्।उनी घरमा यता उता गरिरहेका थिए।बिबेक ७ महिनाको हुँदा उनकी आमाले उनलाई मात्रै होइन यो संसार छाडेकी रहेछीन्।बिबेक र पुर्णीमाले दुख पाउछन् भनेर बिबेकका बुवाले अर्को बिहे नगरेको बताएका छन्।
उनै बिबेकको घरमा हामी पुग्दा देखिएको यो दृश्य हामीले तपाईहरुलाई प्रस्तुत गरेका छौँ, अन्तिमसम्म हेर्नुहोला।
प्रतिक्रिया