नेपाली युवा भारतको चलचित्र नगरी मुम्बैमा प्रतिस्पर्धा गर्दै

इनेप्लिज २०७७ चैत ९ गते २२:२२ मा प्रकाशित

विराटनगर, ९ चैत।कला र गला(स्वर)भएमा जहाँ पनि स्थापित हुन सकिन्छ भन्ने उदाहरण दिएका छन् नेपाली एक युवाले।

विराटनगरमहानगरपालिका वडा नं १० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार(अमित राज) विगत १० वर्षको कडा मेहनत पछि भारतीय चलचित्र नगरी मुम्बैमा सफलता हासिल गरे पछि उक्त्त उदाहरण दिएका हुन्।

चाटर्ड एकाउण्ट अध्ययनका लागि भारतको नयाँ दिल्ली पुगेका अमितले अध्ययनलाई विश्राम दिँदै अमितको रुचि चलचित्र र मोडलिङ तर्फ मोडिए। आफ्ना रुचि र मेहनतको बलबाट उहाँ मुम्बई तथा चेन्नई( मद्रास)को चलचित्र क्षेत्रमा अभिनय गर्न थालेका छन्।

भक्तपुरमा गएको फागुन १४ गते सम्पन्न इन्टरनेशनल फैसन शो बेस्ट मेल मोडलको उपाधि समेत ग्रहण गरेका अमित विराटनगर आउँदा उहाँका शुभचिन्तकहरुले भव्य स्वागत गरेका थिए।

कलाकार अमितले विराटनगरमा सञ्चारकर्मीहरु सँग संक्षिप्त कुराकानीको क्रममा आफूले इन्टरनेटमा प्रशारण हुने हिन्दी वेव सिरिज ‘ए दिल है मुस्किल’,दक्षिण भारतीय कन्नड भाषाकाको ‘रामाचारी टु पेन जिरो ’(रामायण कथामा आधारित) ,हिन्दी चलचित्र मितेज,अर्को नाम घोषणा नभएको हिन्दी चलचित्र,हिन्दी भाषाको वेभ सिरिज लगायतमा अभिनय गरिसकेको जानकारी दिनुभयो।उहाँले भन्नुभयो, “कला र कलाकारिताको क्षेत्रमा मुम्बै जस्तो ठाउँमा सङ्घर्ष गर्नु सामान्य होइन, एकसे एक कलाकार छन् आफूलाई टिकाई राख्न अझ बढी मेहनत र परिश्रम गर्नुपर्छ।”

यसैगरी अमितले अभिनय गरेको ‘तेरा लव मेरा इश्क’ गीतको भिडियो भारतको प्रसिद्ध सङ्गीत कम्पनी टि सिरिजले चाँडै सार्वजनिक गर्न लागेको छ । रौनियारले सन् २०१३ मा मिस्टर एण्ड मिस दिल्लीमा बेस्ट फिजिक्स ,सन २०१७ मा मिस्टर उत्तराखण्डमा दोश्रो उपाधि हासिल गर्नु भएको थियो।

नेपालीहरु इमान्दार र मेहनती हुन्छन् बुझेका भारतीय कलाकारहरुले सहयोग भइरहेको छ भन्दै नेपालबाट भारत जस्तो देशमा गएर अभिनय गरेर टिक्नु मेरो लागि गर्वको विषय हो अमितले भन्नुभयो । भारतीय कलाकारसँग प्रतिस्पर्धा गर्नु चानचुनको कुरा होइन,यस क्षेत्रमा निकै धेरै प्रतिस्पर्धा छ,जो कलाकार समयसँग चल्न सकेनन् उनी त्यही दिन देखि विश्राम लिनुपर्छ भन्ने मैले बुझेको छु अमितको भनाई छ।

 

 

प्रतिक्रिया