गणेश चौलागाईंको शब्द र बिमल डाँगीको लय“कदम कदममा” भिडियो सहित

इनेप्लिज २०७७ चैत ९ गते ३:१० मा प्रकाशित


काठमाण्डौ चैत्र।लोकप्रिय गायक तथा शर्जक बिमल डाँगीको लय र गणेश चौलागाईंको शब्दमा भर्खरै मात्र अत्यन्त मनछुने गीत “कदम कदममा” सार्बजनिक भएको छ।डोल्पा जिल्लामा जन्मिएर नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त जुर्मुराई रहेका गायक तथा शर्जक बिमलको थुप्रै गीतहरु सामाजिक स्तरमा लोकप्रिय रहेका छन्।त्यसगरी स्थायी घर दैलेख भएका अर्का शर्जक गणेश चौलागाईंका सिर्जनाहरु पनि अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाई बन्ने गरेका छन्।

“कदम कदममा” बोलको गीतमा पूर्णकला बि.सी र सुन्दर परियारको सुमधुर स्वर सुन्न सकिन्छ।यस गीतको म्युजिक भिडियोमा बिनोद भण्डारी र रुबिना अधिकारीको अभिनय देख्न सकिन्छ।भिडियोलाई निर्देशन मोडल स्वयम् बिनोद भण्डारीले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन मनोज कार्कीले गरेका छन्।प्रस्तुत गीत सुन्दर परियारको नाममा सार्बजनिक भएको हो।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया