लोकप्रिय गायक रूद्रसेनको “कत्त स एल्ही गोरी” मा अनु शाह र दिपक झाको रोमान्स (भिडियो सहित)

इनेप्लिज २०७७ चैत ७ गते १६:१९ मा प्रकाशित

काठमाडौँ –नेपाली, मैथिली भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाईसकेका लोकप्रिय गायक रूद्रसेन विश्वकर्माको सुपरहिट रहेको आबन बैठ भट्भटिया पऽ रोमान्टिक गीत को दमदार भिडियो पछी फेरी अर्को मैथिली युगल गित “कत्त सऽ एल्ही गोरी” बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ।गीतमा गायक रुद्रसेन विश्वकर्मा र सोनी कुमारी को युगल स्वर रहेको।

रूद्रसेन क्रियसनको प्रा.लि को प्रस्तुती निर्मात्री नीर कुमारी विश्वकर्मा (सविना) को निर्माण रहेको यस मैथिली भिडियोमा पहिलो पटक नेपाली सिने जगतकी चर्चित नायिका अनु शाह लाई देख्न सकिन्छ,नायिका अनु शाहको साथमा यसै गीत बाट डेब्यु रहेको नव मोडल दिपक झालाइ मोडलिङ क्षेत्रमा प्रवेश गराइएको छ। स्पोन्सरमा ब्यबसायी विक्की झा भास्करको रहेको छ।मैथिली भिडियो “कत्त सऽ एल्ही गोरी” गीतलाई निर्देशकमा खप्पिस चर्चित निर्देशक प्रदीप कुमार रसाइलीको निर्देशन रहेको छ,गितको शब्द कुन्दन गुप्ताले कोरेका हुन भने,म्यूजिक/एरेन्ज पारस मणीले गरेका हुन्।छायांकन दिपक गिरीको रहेको जनता डिजिटल काठमाडौं ,टिमले राम्रो दृश्य समेटिएका छन् मेकअप/हेयर डिजाइनर कविन खड्काको रहेको यस भिडियोको सम्पादन यहिलेका ब्यस्त सम्पादन अमृत चापागाईंको सम्पादन रहेको।तराइको लोकेसन पारी धार्मिक पर्यटकीय स्थल जनकपुरधामको सेरोफेरोमा छायांकन गरिएको भिडियो एकदमै उत्कृष्ट बनेको छ,यस भिडियो गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल Rudrasen Bishwakarma मार्फत सार्वजनिक गरिएको छ।लगातार एक पछि अर्को गर्दै एकदमै उत्कृष्ट भिडियोहरु प्रस्तुत गरिरहेका गायक रूद्रसेनका गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन्।एक पछि अर्को भिडियो नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायक रूद्रसेन विश्वकर्मा भर्सटायल गायकको रुपमा समेत परिचित छन्।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया