टिकटक स्टार उषा उम्रेतीले सार्वजनिक गरिन् प्रेमी, यि हुन् उषाका ह्याण्डसम प्रेमी

इनेप्लिज २०७७ चैत ७ गते १६:११ मा प्रकाशित

काठमाडौँ।यसअघि ‘सुनन’ बोलको गीत बजारमा ल्याएर चर्चा कमाएका गायक हुन् सुशील श्रेष्ठ ‘जुजु’।उनै सुशिलको नयाँ गीत ‘माइतीको आँगन’ सार्वजनिक भए सँगै चौतर्फी चर्चा सुरु भएको छ।वैशालु उमेरमा जानेर नजानेर प्रेम गर्ने एक जोडीको प्रेम र रोमान्सको कथालाई गीतमा प्रस्तुत गरिएको छ।गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ।गीतको भिडियोमा उषा उप्रेती र विनोद बस्नेतको अभिनय देख्न सकिन्छ।आचार्य गोपालको निर्देशन रहेको भिडियोमा उषा र विनोदलाई प्रेमील जोडीका रूपमा देखाइएको छ।

भिडियोमा काजीबहादुर श्रेष्ठ,आयुष रिजाल,जीवन तामाङ,कान्छी नगरकोटीको अभिनय देख्न सकिन्छ।उत्सव दाहालले खिचेको भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ।गायक जुजुको यसअघि सुननु बोलको गीत सार्वजनिक भएको थियो।जसको क्रियटिभ निर्देशकका रुपमा चर्चित निर्देशक प्रकाश धिताल रहेका छन्।निर्देशक धिताल उत्कृष्ट कँसेप्ट बनाउन माहिर निर्देशक हुन्।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया