का
????????????????????????????????????
काठमाडौँ ,७ चैत।‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ मा ९८ जना डिजाइनरहरु प्रतिस्पर्धा गर्दैछन्।प्रतिस्पर्धी डिजाइनहरुले शनिबार प्रि–जर्जिङ राउण्डमा फेस गरेका छन्।
इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी‘आईआईएफटी’(स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुँदैछन्।बागबजारस्थित आईआईएफटीकै कार्यलयमा भएको प्रि–जजिङ राउण्डमा फेसन डिजाइनर महेश महर्जन,निभा श्रेष्ठ, व्यवसायी मञ्जु महर्जन र कोरियोग्राफर रोजिन शाक्य निर्णायक थिए।
यही आउँदो शुक्रबार ललितपुरस्थित याक प्यालेसमा हुने ग्राण्डफिनालेका लागि सम्पूर्ण तयारी पूरा भएको आईआईएफटीका निर्देशक तेन्जिङ शेपाले बतए ।
इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुनेछन्।यस डिजाइनर कन्टेस्टमा प्रतिस्पर्धीहरु आईआईएफटीकै विद्यार्थी हुन्।
बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङ कोर्ष गरेका विद्यार्थीहरुको आत्मविकास अविबृद्धि गर्ने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’का सुरुवात गरेको आईआईएफटीका निर्देशक शेर्पाले बताए।
‘डेस टु इम्प्रेस’मा प्रतिस्पर्धी डिजाइनरहरुलाई मोडल तथा कोरियोग्राफी विपना थापाले प्रशिक्षण दिइरहेकी छन्।‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन्।
प्रतिस्पर्धाबाट विजेता एक जनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन्।यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए।कार्यक्रमलाई थप आर्कषक बनाउन सांगीतिक कार्यक्रमसमेत हुने आईआईएफटीले जनाएको छ।
प्रतिक्रिया