कोही देशभित्र हामी कोही सीमापारि
जहाँ पुगौँ नेपाली एउटै फूलबारी
प्रवासीको हृदयमा सगरमाथा उठ्छ
मातृभूमिप्रति हाम्रो प्रेम गङ्गा फुट्छ
हिमालज्योति मयुरनृत्य आँखावरिपरि
जहाँ पुगौँ नेपाली एउटै फूलबारी ।
चाडपर्व तीर्थव्रत यता पनि मान्छौँ
आफ्नो कला संस्कृतिलाई आत्मतत्व ठान्छौँ
सबैथरि जाति, भाषा हामी बराबरी
जहाँ पुगौँ नेपाली एउटै फूलबारी ।
विश्वभरि चिनिएको प्रेमभावमा बोल्छौँ
बैरीभाव छैन बन्धुत्वको आँखा खोल्छौँ
सत्यं–शिवं–सुन्दरम् को चिन्तन मनभरि
जहाँ पुगौँ नेपाली एउटै फूलबारी ।
मनासस भर्जिनिया
प्रतिक्रिया