सर्वोत्कृष्ट लोक आधुनिक गायक र संगीतकार विधा जित्न सफल ‘चिनो रुमाल’

इनेप्लिज २०७७ चैत ६ गते २२:४२ मा प्रकाशित

काठमाडौं– क्रिएटिभ इन्साइट मिडियाले चैत्र ५ गते बिहिबार रसियन कल्चर सैन्टर काठमाडौंमा आयोजना गरेको ‘नेशनल इन्टरटेन्मेन्ट अवार्ड्स-२०२१’ मा ‘चिनो रुमाल’ गीतले सर्वोत्कृष्ट लोक आधुनिक गायक र सर्वोत्कृष्ट लोक आधुनिक संगीतकार विधा जित्न सफल भएको छ।गायक अशोक अर्यालले ‘सर्वोत्कृष्ट लोक आधुनिक गायक’ र गायक ,रचनाकार तथा संगीतकार राजु अर्यालले ‘सर्वोत्कृष्ट लोक आधुनिक संगीतकार’को उपाधि हात पार्न सफल भएका छन्।करिब ३ महिना अगाडी अशोका इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट बजारमा आएको उक्त गीत ‘चिनो रुमाल’ ले दर्शक श्रोताको मन जित्न सफल भएको थियो।

प्रतिमा अर्यालको लगानी रहेको उक्त गीतमा गायक अशोक अर्याल र गायिका समिक्षा अधिकारीको आवाज दिएका छन भने सागर खड्काको शब्द तथा राजु अर्यालको लय सिर्जना रहेको छ।

गायक अशोक अर्यालले हाल सम्म आफ्नो स्वरमा ६ वटा गीतहरु बजारमा ल्याएका छन् भने संगीतकार राजु अर्यालले १०० भन्दा धेरै गीतहरुमा संगीत दिएका छन्।

प्रतिष्ठित र लामो समयदेखि ‘नेशनल इन्टरटेन्मेन्ट अवार्ड्स’ आयोजना गर्दै आएको आयोजक संस्थाले यस वर्ष पनि चलचित्र,संगीत,फेसन,मोडलिङ,ब्यूटिसियन आदि विधामा पुरस्कृत गर्नुका साथै बिशिष्ट व्यक्तिहरुलाई सम्मानित गरेको थियो।

‘चिनो रुमाल’ को म्युजिक भिडीयो हेर्नुहोस:

प्रतिक्रिया