अन्तर

डा बुनु दाहाल २०७७ चैत ५ गते २२:२२ मा प्रकाशित

सडक पेटी गल्लि अनि बस्तीहरु
सुनसान र निरस छन्
बत्ति बिना खोजी हेरी बस्दा खुशी पाइन्न कतै
चाहे शहर होस् वा बस्ति
उज्ज्यलोको अभाब सर्वत्र छ !! सर्बत्र !

चाहे उमेरले नेटो काटेको किन नहोस
पद र प्रतिष्ठाको लोभ अनि लालसा
अनि जीवन भर एक्लो हुनु पर्ने हो कि भन्ने डर
आदि इत्यादी कैयौ त्रास अत्यास र भय
बिबस छ बत्ति रुपी उज्ज्यालो छर्ने नारीको जीवन !!

जुन सुकै पेशा ब्यबसाय अनि
अध्यात्मिक चिन्तन बोकेको किन नहोस
सहपाठी भन्दा अलिकति ढिलो वा चांडो भयो भने
यत्र तत्र टिक्का टिप्पणीको बिषय बन्छे एउटी नारी !

आखिर किन ? र कहिले सम्म !!
जो बिना संसार अधुरो अपुरो अनि निरस बन्छ
त्यहि नारी प्रति अनाबश्यक टिक्का टिप्पणी ?

चाहे कायक्रमको सहभागितामा होस्
चाहे स्कुल कलेज जहाँ तहीं
किन गिद्धे नजरको भागीदार हुन्छे एउटी नारी
अस्तित्वबिहिन निरस अनि निरीह बन्छे
केवल नारी !!

समान समय त्याग तपस्या र प्रक्रिया बाट
पदार्पण हुन्छे यस धर्तीमा !!
तर यो विभेद किन ? र के का लागि ?

खबरदार ! जो जो जसरी भागीदार छन्
सम्झे हुन्छ तिनका दिन अब गए
यो अधिकारमा अब कुनै कमि छैन
केवल सोच चिन्तन हेराइ अनि भोगाइमा मात्र भिन्नता छ

त्यसैले , महिला मित्रहरु !! हामी दह्रो बनौ
निडर र निर्भिक बनौ,
पर निर्भरता होइन आत्मा निर्भर बनौ
यहि मेरो नारी दिवसको शुभकामना !!

प्रतिक्रिया