अन्जु पन्त र प्रमोद खरेलको आवाजमा रहेको ‘उडायो पछ्यौरी’ बोलको गीत सार्वजनिक

इनेप्लिज २०७७ चैत ५ गते २१:५९ मा प्रकाशित

काठमाडौँ।अन्जु पन्त र प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।उडायो पछ्यौरी बोलको गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन्।सार्वजनिक गीतमा बाल के न्यौपानेको शब्द रचना तथा संगीत रहेको छ।गीतमा पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ।

गीतको भिडियो रोमान्टिक बनेको छ।सार्वजनिक भिडियोमा निर्देशन सिरेन बराल नृत्य निर्देशन सुबोल थापा छायांकन दीपक गिरि र सम्पादन अमृत चापागाईंको रहेको छ। भिडियोलाई बिके क्रिएसन युट्युब च्यानलमा मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया