अनेसास,कोलोराडो शाखाद्वारा सरस्वती पूजा तथा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहणको कार्यक्रम सम्पन्न

इनेप्लिज २०७७ चैत ४ गते ०:४३ मा प्रकाशित

१४ मार्च, २०२१ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास),कोलोराडो शाखाले सरस्वती पूजा तथा नवनिर्वाचित कार्यसमितिको सपथग्रहणको कार्यक्रम सम्पन्न गरेको छ।जूम अनलाइन मार्फत आयोजना गरिएको कार्यक्रममा श्रीपंचमी र मार्च ८ को अन्तर्राष्ट्रिय नारी दिवसलाई सम्बोधन गर्दै त्यस बिषयमा रचिएका रचनाहरु पाठ गरिएका थिए।

कार्यक्रमका सहभागीहरुको स्वागत च्याप्टरका नवनिर्वाचित अध्यक्ष राजु सिटौलाले गर्नुभएको भने च्याप्टरकी निवर्तमान अध्यक्ष तथा अनेसास केन्द्रीय सदस्य तारा अधिकारीले सरस्वती वन्दना प्रस्तुत गर्नुभएको थियो।अनेसास,कोलोराडो च्याप्टरको विधान संशोधन गर्न गठित विधान संशोधन समितिका सदस्यहरु तथा नवनिर्वाचित कार्यसमितिको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने निर्वाचन समितिको सदस्यहरुलाई च्याप्टरकी निवर्तमान अध्यक्ष तारा अधिकारीले कदर-पत्र र प्रशंसापत्र प्रदान गर्नुभएको थियो।यसै गरी निर्वाचन समितिका संयोजक नवीन दत्तले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सपथग्रहण गराउनुको साथै प्रमाणपत्र प्रदान१४ मार्च, २०२१ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाले सरस्वती पूजा तथा नवनिर्वाचित कार्यसमितिको सपथग्रहणको कार्यक्रम सम्पन्न गरेको छ।जूम अनलाइन मार्फत आयोजना गरिएको कार्यक्रममा श्रीपंचमी र मार्च ८ को अन्तर्राष्ट्रिय नारी दिवसलाई सम्बोधन गर्दै त्यस बिषयमा रचियका रचनाहरु पाठ गरिएका थिए।

कार्यक्रमका सहभागीहरुको स्वागत च्याप्टरका नवनिर्वाचित अध्यक्ष राजु सिटौलाले गर्नुभएको भने च्याप्टरकी निवर्तमान अध्यक्ष तथा अनेसास केन्द्रीय सदस्य तारा अधिकारीले सरस्वती वन्दना प्रस्तुत गर्नुभएको थियो।अनेसास, कोलोराडो च्याप्टरको विधान संशोधन गर्न गठित विधान संशोधन समितिका सदस्यहरु तथा नवनिर्वाचित कार्यसमितिको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने निर्वाचन समितिको सदस्यहरुलाई च्याप्टरकी निवर्तमान अध्यक्ष तारा अधिकारीले कदर-पत्र र प्रशंसापत्र प्रदान गर्नुभएको थियो।यसै गरी निर्वाचन समितिका संयोजक नवीन दत्तले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सपथग्रहण गराउनुको साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्मा तथा अनेसास केन्द्रका क्षेत्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो आफ्नो रचना वाचन गर्नुको साथै निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनुभएको थियो । यसै गरी समाजसेवी रमेश गुरुङले अनेसास, कोलोराडो शाखालाई सहयोग स्वरुप १५०० अमेरिकन डलर प्रदान गर्ने घोषणा गर्नुभएको थियो।

कार्यक्रममा गिरिश शर्माले बसन्त पंचमीको महत्व सम्बन्धमा प्रकाश पार्नुको साथै सरस्वती वन्दना प्रस्तुत गर्नुभएको थियो । यसै गरी विजया ढकालले कृष्ण भजन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा रचना वाचन गर्नेहरुमा समिर आचार्य, प्रभा आचार्य, वासुदेव खनाल, सम्झना आचार्य, माधव शिवाकोटी, प्रमोद अमात्य, निर्मला अर्याल, रमेश गुरुङ, तारा अधिकारी, प्रमिला शर्मा, डा. विजयराज शर्मा, मिना पौडेल हुनुहुन्थ्यो।

कार्यक्रमको समापन सभाको सभापति अनेसास, कोलोराडो च्याप्टरकी निवर्तमान अध्यक्ष तारा अधिकारीले गर्नुभएको थियो।कार्यक्रमको उद्घोषण नवनिर्वाचित महासचिव किरण अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्मा तथा अनेसास केन्द्रका क्षेत्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो आफ्नो रचना वाचन गर्नुको साथै निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनुभएको थियो।यसै गरी समाजसेवी रमेश गुरुङले अनेसास,कोलोराडो शाखालाई सहयोग स्वरुप १५०० अमेरिकन डलर प्रदान गर्ने घोषणा गर्नुभएको थियो।

कार्यक्रममा गिरिश शर्माले बसन्त पंचमीको महत्व सम्बन्धमा प्रकाश पार्नुको साथै सरस्वती वन्दना प्रस्तुत गर्नुभएको थियो।यसै गरी विजया ढकालले कृष्ण भजन प्रस्तुत गर्नु भएको थियो।कार्यक्रममा रचना वाचन गर्नेहरुमा समिर आचार्य,प्रभा आचार्य,वासुदेव खनाल,सम्झना आचार्य,माधव शिवाकोटी,प्रमोद अमात्य,निर्मला अर्याल,रमेश गुरुङ,तारा अधिकारी,प्रमिला शर्मा,डा.विजयराज शर्मा,मिना पौडेल हुनुहुन्थ्यो।

कार्यक्रमको समापन सभाको सभापति अनेसास,कोलोराडो च्याप्टरकी निवर्तमान अध्यक्ष तारा अधिकारीले गर्नुभएको थियो।कार्यक्रमको उद्घोषण नवनिर्वाचित महासचिव किरण अधिकारीले गर्नुभएको थियो भने बिआरटीनेपालडटकम बाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रतिक्रिया