गायिका सुनिता तिमल्सिनाको “ए कान्छा ….” सार्वजनिक / भिडियोमा सुनिता र कक्रोज

इनेप्लिज २०७७ चैत ३ गते १०:०५ मा प्रकाशित

यो मेरो सांगीतिक पाईलाले जस्तो सफलता लिए पनि म अझै निरन्तर संगीत क्षेत्रमा नै रहने छु ,मैले जानेको बुझेको नै सांगितक आकाश हो ” गायिका सुनिता तिमल्सिना ।उनि भन्छिन संगीत जति सिक्यो , जति गायो त्यति डुब्ने कुरा हो म अझै डुब्न चाहान्छु।

गायिका सुनिता तिमल्सिनाको सार्वजनिक भएको यस गीतमा उनको आवाज संगै अभिनय पनि हेर्न सकिन्छ अभिनयमा उनलाई सक्किगोनी टेलिचलचित्रका कलाकार तथा मोडल हरिश निरौलाले साथ् दिएका छन्।यस भिडियोमा हरिश निरौला (कक्रोज ) फरक भूमिकामा देखिएका छन।

नरेश भट्टराईको शब्दमा बद्री सेवाले संगीत गरेको यस गीतलाई रोमान्टिक नम्बरमा बनाईएको छ।निर्देशक सुमन सागर जंग केसीले निदेशन गरेको यस गीतमा कोरियोग्राफी भने रोशन बिकले गरेका छन।गीतलाई गायिका सुनिता तिमल्सिनाको आफै युटुब च्यानल सुनिता तिमल्सिना बाट सार्वजनिक गरिएको छ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस :

https://youtu.be/QLi0ULTyH8U

प्रतिक्रिया