प्रधानमन्त्री ओलीले पाए उत्कृष्ट गीतकार पुरस्कार (गीतको भिडियो सहित)

इनेप्लिज २०७७ चैत ३ गते २:०९ मा प्रकाशित

गाली र ताली सरावरी खांदै आएका प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उत्कृष्ट गीतकार पुरस्कार प्राप्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले रचना गरेको स्वदेशमा रोजगारी स्वदेशमा वास वोलको गीतलाई यो वर्षको नीम अवार्ड प्रदान गरिएको हो । नीम अवार्ड ग्रहण गर्न प्रधानमन्त्री ओली समारोहमा नगएको कारण सो गीतको म्युजिक भिडियो निर्देशन गरेका कलाकार मोहन निरौलाले प्रधानमन्त्री निवास वालुवाटार पुगेर पुरस्कार हस्तान्तरण गरेका थिए ।

शान्तिराम राइद्वारा संगीतवद्ध सो गीतलाई शान्तिराम राइ र मेलिना राइले स्वर दिएका छन् ।

आमोस तामाङले धुन भरेको सो गीतमा कलाकारहरु मोहन निरौला, रविन्द्र खड्का, रमेश पौडेल, पवित्रा आचार्य लगायत दर्जन कलाकारले अभिनय गरेका छन् ।

सन् २०२० को जुनमा युट्युवमा अपलोड गरिएको सो गीतको भिडियोलाई अहिलेसम्म २० हजार ६ सय मानिसले हेरिसकेका छन् ।

गीतले देशमा नै वसेर रोजगारी गर्नलाई प्रेरणा दिएको छ ।

प्रतिक्रिया