नेपाली ताजमहल त्यो रानीमहलमा रानी भेटिएन ।
खड्ग अनि तेजकुमारीको कुनै निशानी भेटिएन ।।
प्रेमको प्रतिक मानिएकोले प्रियसी सँगै पुगें म ।
तर आश्चर्य ! मादकता छल्कने कुनै जवानी भेटिएन ।।
भव्य त्यो महल भित्र शुन्यता छ रित्तो रित्तो ।
मनमोहक वागमा सप्तरङ्गी फोहरायुक्त पानी भेटिएन ।।
प्रेम साकार हेतु प्रेमिल जोडीहरु वैरिएका थुप्रै थुप्रै ।
परन्तु ,तथास्तु भनि आशिर्वाद दिने भवानी भेटिएन ।।
प्रेम अमर रहोस् भन्दै सम्झनामा ठडियो महल ।
लैला मजनुहरुको कतै अस्तु ,खरानी भेटिएन ।।
-मित्र ‘उराठी’ गौतम ,गुल्मी
प्रतिक्रिया