गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित )

इनेप्लिज २०७७ चैत २ गते १०:४७ मा प्रकाशित

हङकङ।गायक कृष्ण काईदाको”निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीतको भिडियो बजारमा आएको छ।हङकङ निवासी काईदाले व्रिटिस फोर्स ब्रोडकाष्ट सर्भिस ()मा सबै लाहुरे समुदाय तथा नेपालीहरुको मन जित्न सफल चार दशक पूरानो गीतलाई कभर गीतको रुपमा प्रस्तुत गरेका हुन्।

कृष्ण काईदाको स्वरमा रहेको कभर गितको बाद्यवादनमा हङकङका स्थानिय कलाकारहरु भीम पुन (पूर्व नेपथ्य ड्रमर),रक डोजान लिम्बु, कुल गुरुङ र रोशन थापाको साथ रहेको छ भने प्रविधिमा मीन विष्ट,कुमार थापा,विनोद मेख्खु र दिनेश सुव्वा (हिमालय टोन्स हङकङ) को सहयोग रहेको छ।यसअघि पनि कृष्ण काईदाले अरुण थापाको “कतै टाढा तिमीबाट” गित कभर गितको रुपमा गाईसकेका छन्।

“निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”गित पोखरा रामवजार घर भएका भुपू व्रिटिस आर्मी देव गुरुङको शब्द,स्वर र संगितमा रहेको छ।

प्रतिक्रिया