Press Release – NRNA USA Professional Database
गैर आवासीय नेपाली संघ, अमेरिकाको Science, Technology, and Innovation Committee ले अमेरिकामा बस्दै आएका नेपालीहरुको विज्ञता र दक्षताको अद्याबधिक आंकडा राख्ने डाटाबेसको व्यवस्था गरेको छ। यो डाटाबेसको मध्यमबाट सबै नेपालीहरुले आ-आफ्नो क्षेत्रमा भएका अरु नेपालीहरुको बारेमा जानकार हुन सक्ने छन्। यस डाटाबेसको दीर्घकालीन उद्देश्य अमेरिकामा बस्ने गैर आवासीय नेपालीहरूको डाटाबेस कायम राख्नु हो। डाटाबेसमा सूचीबद्ध प्रत्येक व्यक्तिको शिक्षा र पेशाको बारेमा जानकारी लिन निर्माण गरिएको हो।
यो डेटाबेसले निम्न तरिकाले मद्दत गर्ने आशा गरिएको छ।
(१) यसले समान क्षेत्रका बिज्ञ र पेशाकर्मीहरुलाई सम्पर्क सेतुको काम गर्नेछ।
(२) यो डाटाबेसको माध्यमबाट विशेषज्ञहरुले युवा पुस्ता वा कुनै पनि क्षेत्रमा नयाँ काम सुरु गर्न खोज्ने व्यक्तिहरुलाई सहयोग पुर्याउने आशा गरिएको छ। अर्को शब्दमा भन्नुपर्दा यसले मेण्टोर्शिपका अवसरहरू र विज्ञहरूले उनीहरूको विशेषज्ञताको मद्दतले अरु समुदायका सदस्यहरुलाई मद्दत गर्न सहयोग पुर्याउँनेछ।
(३) यस डाटाबेसले नेपाली र नेपालको भलाइका लागि नेपालमा परियोजनाहरू स्थापना गर्न सहयोग पुर्याउन अपेक्षा गरिएको छ।
(४) यो डाटाबेसले अमेरिकामा बसोबास गर्ने नेपालीहरुको ज्ञान र सीपको क्षमता देखाउँदछ र यसको सहयोगले एनआरएनए एनसीसीले नेपाल सरकार र अमेरिकाबासी नेपाली बीचको सम्भावित सहकार्य गर्ने अवसर प्रदान गर्ने छ।
यो डाटाबेसमा आफ्नो सूचना प्रदान गर्न र अरु विज्ञहरुको जानकारी लिन तल दिईएको लिंक प्रयोग गर्नुपर्ने हुन्छ।
https://www.nrnusa.org/projects/expert-database/
अरु सूचनाको लागि [email protected] मा सम्पर्क गर्न सकिने छ।
Science, Technology, and Innovation Committee
NRNA NCC USA
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
प्रतिक्रिया