दोश्रो मिस्टर एन्ड मिस रौनियारको उपाधि अस्मित र आँचलले जिते

इनेप्लिज २०७७ चैत २ गते १०:०३ मा प्रकाशित

काठमाडौं,

दोश्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ शनिबार राती काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न भएको छ।सो प्रतियोगितामा मिस्टर रोनियार २०२१ को उपाधि अस्मित गुप्ताले र मिस रौनियार २०२१ को उपाधि आँचल रौनियारले जितेका छन्।एमी इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित सो प्रतियोगितामा आँचलले पब्लिक च्वाईस अवार्ड पनि हाँसिल गरिन् भने अस्मितले मिस्टर ट्यालेन्टको उपाधि पनि जिते।

काठमाडौं विराटनर लगायत विभिन्न स्थानका गुप्ता तथा रौनियार समुदायका युवा युवती बीच भएको दोश्रो संस्करणको मिस्टर एन्ड मिस रौनियारको उपाधि अस्मित र आँचलले जितेका हुन्।

यो प्रतियोगिताको निर्णायकमा अभिनेता रणधिर शाह,मोडल बिपना थापा, रौनियार सेवा समाज बिराटनगरका अध्यक्ष रामनरेश शाह,उड्यान प्राधिकरण क्षेत्रकी संगीत रौनियार र फेसन डिजाईनर सरगम श्रेष्ठ थिए।

प्रतियोगितामा मिस्टर रौनियारतर्फ फस्ट रनरअपसँगै बेस्ट पर्सनालिटी र म्यानेजमेन्ट च्वाईसको आवर्ड सर्वजित रौनियारले, सेकेन्ड रनरअपसँगै फोटोजेनिक र बेस्ट पर्फमेन्सको अवार्ड राज रौनियारले हाँसिल गरे।भिवर्स च्वाईस र पब्लिक च्वाईसको अवार्ड श्याम रौनियारले,बेस्ट वाकको अवार्ड अँकित रौनियारले,म्यानेजमेन्ट च्वाईस अवार्ड अजयप्रसाद गुप्ताले हाँसिल गरे। बिराटनगरबाट मिस्टर ट्यालेन्ट आयुष रौनियार बने।

प्रतियोगितामा मिस रौनियारतर्फ फस्ट रनरअपको उपाधि शिक्षा गुप्ताले,सेकेन्ड रनरअपसँगै बेष्ट पर्फमेन्सको उपाधि ज्योती रौनियार र मिस ट्यालेन्टको उपाधि काठमाडौबाट खुस्बु रौनियारले,बिराटनगरबाट रुची रौनियारले हाँसिल गरे।अन्य उपाधि तर्फ म्यानेजमेन्ट च्वाई अवार्ड नन्दिनी कुमारी गुप्ताले,मिस फोटो जेनिक सोमनकुमारी गुप्ता,बेस्ट क्याटवाक सालु कुमारी रौनियार,मोस्ट चार्मिङ स्नेहा रौनियार र बेष्ट पर्सनालिटीको अवार्ड प्रीति रौनियारले प्राप्त गरे।

आयोजक राजन रौनियारले रौनियार समुदायका युवा युवतीको प्रतिभा प्रस्तुतिका लागि आफुहरुले यो प्रतियोगिता तीन वर्ष यताबाट आयोजना गर्दै आएको बताए ।प्रतियोगिताको कोरियोग्राफी काठमाडौंका लागि रोजिन शाक्यले र बिराटनगरका लागि युवराज केसरीले गरेका थिए।

प्रतिक्रिया