हजुरहरुको सहयोग बिना यो उपचार असम्भव छ : सियोना श्रेष्ठका बाबु डा सन्दिप श्रेष्ठ

इनेप्लिज २०७७ चैत १ गते २२:४७ मा प्रकाशित

पोल्याण्डमा उपचार गराई रहेकी सियोना श्रेष्ठका बाबु डा सन्दिप श्रेष्ठले नेपाली समुदायले गरेको उल्लेखनीय सहयोग प्रति आभार व्यक्त गरेका छन्। उनले केही समय अगाडी अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित अङ्किय पत्रिका ईनेप्लि संगको कुराकानीमा आभार व्यक्त गरेका हुन् ।

उनले बिश्वका धेरै नेपाली समुदायलाई सियोना छोरीको बारेमा जानकारी भएता पनि उनलाई के भएको हो ,के के लक्षण हुन्छन र के के उपचार भै रहेको छ भन्ने बारेमा पुन:कुराकानीमा संक्षेपमा बालरोग विशेषज्ञ भएकोले बताए ।

उनले नेपाली समुदायले माया गरेर दिनु भएको आर्थिक सहयोगको ताजा जनाकारी दिदै २५ करोड लक्ष्य अर्थात् मुख्य उपचारमा लाग्ने भएकोले १८ करोड उठी सकेको जानकारी दिए । अब ७ करोड उठ्न बाकि रहेको उल्लेख गरे ।

र ,अझ पनि केही रकम उठ्न बाकि रहेकोले थाहा नहुने र सहयोग गर्न चाहने नेपाली समुदायलाई सहयोग गर्न सकिने छ भने सहयोगको अपेक्षा रहेको बताए। उनले नानी सियोनालाई स्पाइनल मस्कुलर एट्रोफी -१ (प्रकार १ ) भएको बताउदै सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने बताए ।

बरिष्ठ बाल रोग विशेषज्ञा डा.सन्दीप श्रेष्ठका अनुसार स्पाइनल मस्कुलर एट्रोफी एक प्रकारको वंशानु (जेनेटिक) रोग भएको बताए । यस रोगले बच्चाहरुको नशा र मासु सुकाउने रोग गर्छ उनले भने ।

स्वयम् बाल रोग विशेषज्ञ भएकोले चिकित्सक सन्दीप श्रेष्ठले बच्चाको शरीरलाई चलाउने मांसपेशी हुन्छ, त्यो सुक्दै जाने बताए । त्यसैले यसको प्रारम्भिक लक्षण भनेको बच्चाले समयमा टाउको टेक्न नसक्ने, बस्न नसक्ने, हिँड्न नसक्ने, बढ्दै गएपछि बच्चालाई खाना खान गाह्रो हुने, खाँदा पनि सर्किने र विस्तारै सास फेर्न पनि गाह्रो हुने प्रस्टाए ।

उनले कुराकानीको सिलसिलामा लामो समय सम्म छोरीको उपचारको लागि विदेश आएकोले आफ्नो जागिर भन्दा छोरीको उपचार महत्वपूर्ण रहेको बताए ।

उनले यसको लागि बहु उपचार बिधि(मल्टी थेरापी ट्रीटमेन्ट )पनि गर्नु पर्ने जनाए ।

उनले सियोनाको उपचार कहिले सम्म सम्म गर्नु पर्ने सम्बन्धमा उनले यसको उपचार २ बर्ष सम्म वजन र उमेरको आधारमा गरिने प्रष्ट पारे । साथै यो रोगको उपचार अमेरिका हुने र एक सुईले काम गर्ने तर महँगो भएको बताए ।

त्यसको लागि काम भै रहेको बताए । र सियोना अभियानमा अझ पनि जोडिनु पर्ने हुन्छ र यही संदेश ईनेप्लिज मार्फत दिन चाहेको बताए ।

प्रतिक्रिया