गजल : सम्बन्ध

रविन थपलिया टोरोन्टो, क्यानडा २०७७ फागुन २८ गते २२:५३ मा प्रकाशित

भमरा भै फूलफूल नडुल्ने,म बरा विचरा
तिमी वृक्ष अजङ्ग कहाँ,म चरा विचरा।

विचार बाँचे नीति नाँचे,बहानाबाजि टाढै
तिमी साहित्य सागर कहाँ,म कथा विचरा।

धिपिधिपी टुकि जस्तै,बल्थेँउ निभ्थेँउ तिमी र म
तिमी खगोल सारा कहाँ,म तारा विचरा।

हावा खेलेँ हिउँ खेलेँ,मान्छे खेल्न जानिएन
तिमी खेल समुन्द्र कहाँ,म माछा विचरा।

पानीको फोका जस्तै,बन्यो फुट्यो सम्बन्ध यो
तिमी सुनको पिजँडा कहाँ,म सुगा विचरा।

-रविन थपलिया
टोरोन्टो, क्यानडा

प्रतिक्रिया