भैरव रिसालको अभिनन्दन हुने रसिक र ढकाललाई शंकर लामिछाने पुरस्कार प्रदान गरिने

इनेप्लिज २०७७ फागुन २६ गते २२:३२ मा प्रकाशित

काठमाडौ।

शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९४ औ जन्मोत्सव समारोह आगामी २०७७ चैत ५ गते मनाउने भएको छ ।

सो अवसरमा वरिष्ठ पत्रकार एवं लेखक भैरव रिसाल (१९८५)लाई अभिनन्दन गर्ने निर्णय गरेको छ भने दया फाउन्डेसनलाई सम्मान गर्ने भएको छ ।

रिसालका साधुलाई सुली (जेल डायरी),लोग्ने स्वास्नी र केही मित्रका चिठी (ई. स. २००१) जस्ता कृतिहरु विभिन्न फुटकर रचनाहरु प्रकाशित रहेका छन ।

दया फाउन्डेसनले सामाजिक रुपमा शिक्षा,स्वास्थ र सस्कृतिलगायतका क्षेत्रमा योगदान गर्दै आएको छ भने शंकर लामिछाने प्रतिष्ठानलाई पनि सहयोग प्रदान गर्ने गरेको छ ।

यसैगरी वरिष्ठ साहित्यकार गणेश रसिकलाई नगद रु. पचासहजार राशीसहितको शंकर लामिछाने निबन्ध पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी प्रतिष्ठानले निबन्धकार प्रतीक ढकाललाई नगद रु.पच्चीस हजार राशी सहितको शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ।

साहित्यकार रसिकका सस्मरण कृतिहरु “जब सिस्नुहरु टेक्दै हिंडे” (२०५५), “दश गजामा उभिएर” (२०६३) लगायत विभिन्न कृतिहरु प्रकाशित रहेका छन।

यसैगरी नियात्राकार प्रतीक ढकालका वियोन्ड द हिमालयज (२०५९), हिमालपारी पुगेपछि (२०६१), सेती पनि काली पनि (२०६३), सगरमाथाको आधारशिविरबाट (२०६३)लगायत विभिन्न कृतिहरु प्रकाशित रहेका छन

प्रतिक्रिया