कलाकार मनोज खड्का,अनुजा सिंहको मुख्य भूमिकामा रहेको सट मुभी ‘टिकटक स्टार’ रिलिज भएको छ।योगेन्द्र कार्कीले निर्देशन गरेको उक्त सट मुभीमा मिराज अर्यालको लेखन÷कथा रहेको सट मुभी रिमा स्टुडियो बबरमलमा बुधवार एक कार्यक्रम आयोजना गरि रिलिज गरेको हो।
जसको छायांकन,सम्पादक र भि.एफ.एक्स. मिराज अर्यालको रहेको छ भने गायिका टीका पुन,गायक अर्जुन सुनाम र सङ्गीतकार उदिराम खड्का अतिथी कलाकार रहेका छन।उक्त १७ मिनेट रहेको सट मुभी ‘टिकट स्टार’ टिकटबाट भाइरल भएको र संघर्षबाट भाइरल बिचको फरक देखाउन खोजिएको छ। पछिल्लो समयमा टिकटबाट भाइरल हुनेको संख्या धेरै छ। एउटा कलाकार बन्न बर्षौको मेहनत,संर्घस,धैर्यता चाहिन्छ भन्ने विषयलाई लिएर बनाईएको यस सट मुभी हो।सट मुभी बुधबार युटुबमा राखिएको निर्देशक योगेन्द्रले बताएका छन।कलाकारहरुमा मनोज खड्का,अनुजा सिंह,योगेन्द्र कार्की,नोना कार्की शान्ति भट्ट, रायन आचार्य, गणेश भट्ट र आरोहि चौलागाईं रहेका छन्।
प्रतिक्रिया