आइतबार, चैत २९ २०७७
काठमाडौं २०:५४
वासिङटन डिसी 11:09

अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए

इनेप्लिज २०७७ फागुन २५ गते ०:०२ मा प्रकाशित

अमेरिका-मेक्सिको सीमामा करिव ३ हजार २ सय अप्रवासी बालबालिका हिरासत(संरक्षण)मा अड्किएका छन । कानुन सीमितताको कारण आधा भन्दा ज्यादा अड्किएका छन ।

सीबीएस न्युजले प्राप्त गरेको सरकारी कागजातहरूका अनुसार अमेरिकी शरणार्थीले चलाएको आश्रयस्थलमा सँस्थाले कानूनी दायित्व पूरा गरे पनि सोमबार सम्म करिब १४ सय नाबालिगलाई तीन दिन सम्म भन्सार र सीमा संरक्षण (सीबीपी)मा राखिएको थियो।

एजेन्सीले उनीहरूलाई हिरासतमा ७२ घण्टा भित्र लिने छ । सीबीपीको कागजातका अनुसार सीमा घुम्ती टोलीको हिरासतमा रहेका लगभग १७० जना बिना कसैको साथ रहेका (एकल)बच्चाहरू १३ वर्ष मुनिका छन्।

सोमबारसम्म शरणार्थी कार्यालयको दक्षिणी सिमानामा शरणार्थी एजेन्सीको निरीक्षण गर्ने स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) को एक कागजात अनुसार दक्षिणी सिमानामा करीव ५ सय वटा ओछ्यानहरू मात्र उपलब्ध रहेका थिए।

होमल्याण्ड सुरक्षा विभाग (डीएचएस) का एक पूर्व अधिकारीका अनुसार सीमा गस्तीको हिरासतमा रहेका बच्चाहरूको वर्तमान संख्या सँस्था (एजेन्सी)को इतिहासमा सबैभन्दा बढी भएको बताएका छन् ।

श्रोत : सिबिएस न्युज ; तस्बिर :सिबिएस न्युज

प्रतिक्रिया