आइतबार, चैत २९ २०७७
काठमाडौं २१:१२
वासिङटन डिसी 11:27

मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु

इनेप्लिज २०७७ फागुन २४ गते २०:५३ मा प्रकाशित

अमेरिकाको मिजोरी राज्यको सेन्ट लुइस शहरमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु भएको छ । सेन्ट लुइस प्रहरीले उक्त घटनाको अनुसन्धान गरि रहेको बताएका छन’ ।

गत आइतबार राती करिव १० बजे शहरको दक्षिण क्षेत्रको नगरको मध्यबिन्दु (डाउनटाउन)मा गोलीवारी भएको प्रहरीले जनाएका छन। उक्त बालकको मृत्यु अस्पतालमा भएको थियो ।

प्रहरीले यस घटनाको बिस्तृत जानकारी दिएको छैन । उक्त बालक को हुन् र कसले गोली चलाएको हो भन्ने समेत जानकारी गराएको छैन । सोमबार बिहान सम्म पक्राउ गरिएको कुनै समाचार आएको छैन ।

गत बर्ष सेन्ट लुइसमा अत्यधिक बाल हिंसा भएको थियो । गत बर्ष १०० जना भन्दा बालबालिकाहरु बन्दुकको शिकार भएका थिए भने कैयौको ज्यान गएको थियो ।

श्रोत :एबिसी न्युज

प्रतिक्रिया