आइतबार, चैत २९ २०७७
काठमाडौं २२:२६
वासिङटन डिसी 12:41

न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला

इनेप्लिज २०७७ फागुन २४ गते १२:२४ मा प्रकाशित

न्युयोर्कको माछा बजारमा एक किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको प्रहरीले फेला परेका छन । यस सिलसिलामा दुई जनालाई प्रक्राउ गरि अभियोग लगाईएको न्युयोर्क प्रहरी बिभागले जनाएको छ ।

न्युयोर्कको म्यानह्याटन को ९५ दक्षिण मार्ग को मुख्यबजारमा गत शनिबार बिहान उनि बेहोस र अचेत अवस्थामा फेला परेकी थिइन् ।  प्रहरीका अनुसार उनको पहिचान भएको जनाएका छन ।

उक्त किशोरीको नाम रोजाली सान्चेज भएको खुल्न आएको छ । उनको शव एक खाली रहेको गोदाममा पाइएको थियो । प्रहरीलाई एक व्यक्तिले खबर गरेका थिए ।

यस सिलसिलामा २५ बर्षिय अस्टिन बोह्म र २० बर्षिय क्रिस्चियन मरकाड़ोलाई आइतबार प्रकाउ गरि दोश्रो दर्जाको हत्याको आरोप लगाईएको छ । मृतक किशोरी तथाआरोपी दुवैको घरको ठेगाना नभएको प्रहरीले जनाएका छन् ।

अनुसन्धान भै रहेको र शव परीक्षण गरे पछि मृत्यु हुनेको कारण बारेमा जानकारी दिइने बताईएको छ ।

श्रोत :एबिसी न्युज

प्रतिक्रिया