आइतबार, चैत २९ २०७७
काठमाडौं २१:३६
वासिङटन डिसी 11:51

अमेरिकामा ९ करोड ३ लाख ५१ हजारले खोप लगाए ,१ करोड २ लाख ५१ हजार कोरोना संक्रमणमुक्त

इनेप्लिज २०७७ फागुन २४ गते ११:५८ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार ३ सय ३६ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या ६ हजार ८२ पुगेको न्यूयोर्क टाइम्सले जनाएको छ । गत आइतबार मार्च ७ का उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो ।

बिगत हप्तामा औसतमा दैनिक ५८,७४५ जना संक्रमित भएका थिए भने बिगत दुई हप्ताको तुलनामा औसतमा १२ प्रतिसतले संक्रमित हुने संख्यामा कमि आएको छ ।

न्युयोर्क र मायामी क्षेत्रमा निरन्तर संक्रमितको संख्यामा वृद्धि भै रहेको छ तर मृत्यु दर खोपको कारण घट्दै गइ रहेको छ । न्यूयोर्क टाइम्सका अनुसार पहिलो पटक हरेक दिन औसतमा २० लाख मानिसले खोप लिई रहेको जनाएको छ ।

अमेरिकामा हाल सम्म ११ करोड ६३ लाख ६३ हजार ४ सय ५ खोप वितरण भै सकेको छ भने कम्तिमा ९ करोड ३ लाख ५१ हजार ७ सय ५० जनाले प्रथम खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।

हाल सम्म अमेरिकामा १ करोड २५ लाख १ हजार ४ सय ४० कोरोना संक्रमितहरु संक्रमण मुक्त भै सकेका छन् । अमेरिका कोभिड-१९ बाट मृत्यु हुनेको कूल सख्या ५ लाख २४ हजार ६ सय ५२ पुगेको छ ।

अमेरिकामा हाल कोभिड-१९ वाट संक्रमित हुनेको संख्या २ करोड ९० लाख ३४ हजार १ सय रहेको छ ।

श्रोत :न्यूयोर्क टाइम्स/अन्य

प्रतिक्रिया