आइतबार, चैत २९ २०७७
काठमाडौं २०:४६
वासिङटन डिसी 11:01

हार्दिक धन्यवाद ज्ञापन – १११औँ अन्तरष्ट्रीय नारी दिवस

इनेप्लिज २०७७ फागुन २४ गते ११:४५ मा प्रकाशित

हार्दिक धन्यवाद ज्ञापन !

गैर आवासीय नेपाली संघ, अमेरिकाको Women’s Empowerment and Particpation Committee को आयोजनामा पहिलो १११औँ अन्तरष्ट्रीय नारी दिवस सम्पन्न भएको छ।गैर आवासीय नेपाली संघ, अमेरिकाले यस कार्यक्रम लाई एक ऐतिहासिक कार्यक्रमको रूपमा लिएको छ।

यस कार्यक्रममा उपस्थित हुनु भएका अतिथि ज्युहरू माननीय सपना मल्ल ज्यु, माननीय डा साबित्री थापा गुरुङ ज्यु, माननीय कमला पन्त ज्यु, माननीय किरण यादव ज्यु, प्रोफेसर डा.शशि अधिकारी ज्यु, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह ज्यु, NRNA ICC का पदाधिकारी ज्युहरू, एनआरएनए अमेरिकाका पदाधिकारीहरू एब्ं कार्यसमितिका मित्रहरू, च्याप्टर तथा टास्कफोर्स का मित्रहरू, पत्रकार मित्रहरू,तथा यस कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष जोडिनु भएका सम्पूर्ण दर्शक/श्रोता ज्युहरू सम्पूर्णमा आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछौँ।त्यस्तै NRNA ICC महिला उपाध्यक्ष रबिना थापा ज्यु ,अमेरिकाज क्षेत्रिय महिला संयोजक उमा कार्की थापा ज्यु विभिन्न क्षेत्र र च्याप्टरका महिला संयोजक तथा प्रविधिमा सहयोग गर्नु हुने आइ-टी टिम :दधि ढुङ्गाना,पदम भण्डारी र साथीहरू अनि यो कार्यक्रमका लागि अहोरात खट्नु हुने कार्यसमितिका महासचिव पशुपति पाण्डे ज्यु ,कार्यक्रम सञ्चालिकाहरू श्रद्धा अधिकारी ज्यु,एब्ं सुन्दरी गुरुङ ज्यु, स्वागत मन्तव्यको लागी सरु शर्मा, धन्यवाद ज्ञापन गर्नु हुने हेमा पनेरु ज्यु लगायत NRN America Women Empowerment Committee एवं कार्यसमितिका सिङ्गो टिम लगायत सबै साथीहरूमा सगर्व धन्यवाद दिन चाहन्छौँ।

उक्त दिनको अवसरमा महिलाका विभिन्न मुद्दाहरूमा प्रस्ट्याउने तथा महिला शसक्तिकरण्, सहभागिता, र प्रवासमा महिलाका समस्या, भूमिका विषय लगायत छलफल र अन्तर्कृया आजको मुख्य आकर्षक विषय थिए भने कार्यक्रममा विविध अरू आकर्षक विषयहरू पनि राखिएका थिए । नेतृत्व सहभागीतामा सहकार्य र हातेमालो आजको आवश्यकता हो भन्ने मूल मन्त्रलाई आत्मासाथ गर्दै अमेरिकी समय बिहान १० बजे उदघाटन समारोह सुरु भई ५ घण्टा लामो कार्यक्रम धैर्यता पूर्वक बसेर सफल पार्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छौँ।

दिक्षा बस्नेत
महिला संयोजक
गैर आवासीय नेपाली संघ, अमेरिका

प्रतिक्रिया