‘नेपाल टप म्युजिक अवार्ड’को आवेदन खुल्ला

इनेप्लिज २०७७ फागुन २४ गते ११:३८ मा प्रकाशित

काठमाडौँ।आयोजक युथ ग्रुप नेपालले नेपाली गीत संगीतको प्रचार प्रसार गर्दै र त्यसका श्रष्ठालाई पुरस्कृत गर्ने उदेश्यले ‘नेपाल टप म्युजिक अवार्ड २०२१’ आयोजना गर्ने भएको छ।सोमबार एक बिज्ञाप्ती जारी गर्दै अवार्डको सबै बिधामा आवेदन खुल्ला भएको आयोजकले जनाएको छ।

‘नेपालको शान,गीत संगीत राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा बर्ष २०७६, ०७७ चैत्र मसान्त सम्म बजारमा आएका जुनै पनि गीत संगीतले सहभागीता जनाउन सक्नेछन्।

सुगम संगीत,पप संगीत,लोक दोहोरी,अन्तराष्ट्रिय भिडियो,चर्चित गीत, चलचित्र गीत,भाषागत र प्रादेशीक तर्फ गरेर गायक, गायिका,संगीतकार,एरेन्ज, भिडियो लगायत करिव तीन दर्जनबढी बिधा अवार्डमा समेटिएको छ।

नयाँ बर्षको असारमा एक भब्य कार्यक्रम सहित बितरण हुने अवार्डमा समारोहमा लामो समय गीत संगीतमा बिताएका श्रष्टा तथा रंग पत्रकारलाई नगद सहित सम्मान गरिनेछ।

अवार्डको जुरी तथा उत्कृष्ट ५ मनोनयन सुचि जेठमा सार्वजनिक गरिने आयोजक युथ ग्रुप नेपाल अध्यक्ष अशोक क्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया