विष्णुमायाको संघर्षको कथाले सहभागीका आँखा रसाए
विकसित – लम्साल । ८ मार्च अर्थात १११ औं अन्तराष्ट्रीय नारी दिवसको पुर्वसन्ध्यामा क्रियटिभ नेप्लिज ओमन डेनमार्कले आइतबार एक बिशेष भर्चुअल कार्यक्रम गरेको छ । कार्यक्रमको बिशेष आकर्षण डा विष्णुमाया परियार(मानार्थ बिद्या वारिधि) थिइन् ।
उनले संघर्षका कथा सुनाउँदा सहभागीका आँखा मात्रै रसाएनन्, प्रेरणादायी कुराले नयाँ उत्साह समेत जगायो । गोर्खा जिल्लाको ताक्लुंगबाट शुरु भएको उनको जिवन संघर्ष लामो समयपछी अमेरिका पुगेर सफलताको कथा सुनाउने चरणमा पुगेको छ । धेरै महिला र पींधका मानिसको आवाज़ बोल्ने एक आइडल बनेकी छिन् परियार ।
गोर्खाको दुर्गम गाउँमा दलित भनेर हेपिएकी नेपाली चेली अमेरिकाको न्युजर्सी सिटीको मेयरको सल्लाहकार छिन् । आर्थिक र बिभेदका कारण पढ़ाई पुरा गर्न हम्मे-हम्मे पर्ने अवस्थाबाट उठेर पिएचडी गरेर नामका अगाडी डा. विष्णुमाया लेख्न सफल भइन् । उनको मुखबाट जिवन संघर्ष सुन्दा सहभागी सबै भावुक मात्रै बनेनन् आँखा समेत रसाए ।
‘हामी निम्न आर्थिक अवस्था भएको परिवार हौ, १० बहिनी छोरी र १ भाइ छौं खाना लाउन समस्या पर्ने परिवारमा पढ्नु लेख्नु धेरै ठूलो सपना थियो’ भर्चुअल कार्यक्रममा परियारले गला अवरुद्ध पार्दै सुनाइन् ‘तर, मेरो बुबाले पढ्न संधै सहयोग गर्नुभयो, बिद्यालय पुगेपछी फेरी दलित भनेर हेपिदाका भोगाई सम्झदा पनि मुटु पोल्छ, तर सबै सहेर कठोर मेहनतले पढ़ें र समाजसेवामा अहिले सक्रिय छु ।’
पढाइमा संधै पहिलो स्थानमा रहने परियारले गोर्खाको मनकामना बिद्दालयबाट एसएलसी पास गरेपछी काठमाण्डौ हुदै १९९९ मा अमेरिकी पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दिएको थियो । पढ़ाई सकेपछी सामाजिक कार्यमा जोडिएकी परियारले त्यसपछी नेपाल र नेपालीका लागि गरेका कार्यहरुको फ़ेहरिस्त सुनाइन् ।
अध्ययनपछि विष्णुमायाले एक वर्ष ओपिडीमा डोमेस्टिक भायलेन्स एड्भोकेटको रुपमा काम गरेको बताइन् । जहाँ उनलाई महिला हिंसा सम्बन्धी धेरै अनुभवहरु बटुल्ने र अमेरिकी समाजको घरेलु हिंसाको बारेमा थुप्रै कुराहरु सिक्ने मौका मिलेको जानकारी दिइन् ।
परियार अहिले अमेरिकाको न्युजर्सी सिटीमा मेयरकी सल्लाहकार रहेकी छिन् । अघिकारको लागि भुंईंका मानिसको आवाज़ बनेकी छन् ।
नेपालको इन्द्रावती गाउँपालिका र जर्सीसिटी बीच भगिनी सम्बन्ध स्थापित गरेको उनले बताइन् । न्युजर्सी सिटीमा नेपाली झन्डा सदाको लागि फहराउने श्रेय पनि विष्णुमायाको अविस्मरणीय कार्य भएको सुनाऊँदा कार्यक्रमका सहभागीले तालि बनाएर सम्मान गरेका थिए । उनी दर्जनौं बढी सम्मान, पुरस्कार र अवार्ड प्राप्त गरेकी छन् ।
उनको योगदानको क़दर गर्दै अमेरिकाको केंटोकी राज्यमा २७ सेप्टेम्बर, २०१५ मा ‘विष्णुमाया परियार डे’ घोषणा गरेर सेलिब्रेट समेत गरियो ।
नेपालमा हिंसा र ग़रीबीमा रहेका महिला र बालबालिकाको शिक्षा र आयआर्जन हुने कार्यक्रम गर्दै आएको उनको भनाई छ । सन् १९९८ मा स्थापित ‘एड्वान’ मार्फ़त परियारले सामाजिक कार्य गर्दै आएकी छन् । मानवअधिकार, महिला बालबालिका र दलित पिछडिएका सीमान्तकृत, किनारमा पारिएका, पिँधमा रहेका वर्गको उत्थान, हक अधिकारको लागि एड्वानले कार्य गर्दै आएको छ ।
‘हामिले गरिबिमा रहेका महिलाहरुलाई माछा दिंदैनौं, माछा मार्न सिकाउँछौं’ परियारले थपिन्, ‘९ जिल्लाका सबै वर्ग र समुदायका महिलामा आयआर्जन र शिक्षामा काम गरिरहेका छौं ।’ उनले महिला अधिकारको पक्ष काम गर्दै जांदा धेरै कुरा काट्ने र छुट्टा तान्ने प्रवृति भएको बताउँदै सबै महिलालाई गलत कार्य नगरी सहि बाटोमा डटेर लाग्न आह्वान पनि गरिन् ।
साभार : इनेपालखवर डटकम
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
प्रतिक्रिया