आइतबार, चैत २९ २०७७
काठमाडौं २२:२४
वासिङटन डिसी 12:39

केन्टकीमा शंकास्पद विषाक्त पदार्थको कारण ३ जनाको मृत्यु,२ प्रहरी सहित कैयौ बिरामी

इनेप्लिज २०७७ फागुन २४ गते १:०२ मा प्रकाशित

केन्टकीमा अधिकमात्रामा विषाक्त शंकास्पद पदार्थको कारण ३ जनाको मृत्यु भएको र २ प्रहरी समेत कैयौ बिरामी भएको प्रहरीले बताएका छन । दक्षिणपूर्वी केन्टकी समुदायका प्रहरीहरूले संघीय विषाक्त श्रोत चिन्नको लागि संघीय औषधि प्रवर्तन सँस्थासँग मिलेर काम गरिरहेका छन । जस्को कारण तीन व्यक्तिको मृत्यु र धेरै व्यक्ति बिरामी परेका छन ।

ह्याजार्ड प्रहरी विभागले आफ्नो सामाजिक संजाल (फेसबुक)मार्फत आवासगृह (अपार्टमेन्ट)मा शंकास्पद ओभरडोज(विषाक्त )पदार्थ फेला परेको खबर पाए पछि प्रहरी त्यहाँ पुग्दा गत तीनवटा लास भेट्टाएका थिए ।चौथो व्यक्तिलाई अस्पतालमा लगिएको थियो भने आठवटा विषाक्त (ओभरडोज )फेला परेको विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीले त्यहाँका बासिन्दाहरूलाई सजिलै पहिचान गर्न नसकिने कुनै पदार्थ देखिएमा सावधानी अपनाउन आग्रह गरेका छन् । “यो जे भए पनि यो घातक छ,” विज्ञप्तिमा भनिएको छ। दुई प्रहरी अधिकारीहरु उक्त संदिग्ध विषाक्त पदार्थ प्रशोधन गर्दा बिरामी भएका छन । अधिकारीहरूले आगामी सोमबार राती सम्म यस बारेमा जानकारी पाउने बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रहरीलेले अनुसन्धानमा उनीहरूले संघीय औषधि प्रवर्तन प्रशासनका साथ काम गर्ने बताएका छन् ।

श्रोत : एपी/एबिसीन्युज

प्रतिक्रिया