आइतबार, चैत २९ २०७७
काठमाडौं २२:०७
वासिङटन डिसी 12:22

बाइडेनद्वारा मतदान अधिकार सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर

इनेप्लिज २०७७ फागुन २३ गते २३:३९ मा प्रकाशित

वाशिंगटन (एपी) – राष्ट्रपति जो बाइडेनको नयाँ कार्यकारी आदेशले संघिय सँस्थाहरूलाई मतदान पहुँचमा प्रोत्साहन गर्नको लागि विभिन्न कदम चाल्न निर्देशन दिएको छ ।

उनको योजनाको घोषणा १९६५ मा घटेको “रक्तपातपूर्ण आइतवार” को ५६ औं वार्षिकोत्सवको रेकर्ड (अभिलेख)गरिएको भाषणमा गरिएको थियो ,जस्मा अलाबामाको सेल्मामा मतदानको अधिकारको लागि जुलुस गर्न खोज्दा करिब ६०० नागरिक अधिकारकर्मीहरुलाई राज्यका सैनिकहरूले कुटपिट गरेका थिए ।

“प्रत्येक योग्य मतदाताले मतदान गर्न सक्षम हुनुपर्दछ र यसलाई गणना गर्नुपर्दछ,” बाइडेनले आदेशमा हस्ताक्षर गर्नु अघि आइतवार मार्टिन तथा कोरेटा किङ्ग युनिटी बिहानी खाजालाई आफ्नो टिप्पणीमा भने।

“यदि तपाईंसँग उत्तम विचारहरू छन् भने तपाईले लुकाउन केही पर्दैन । जनतालाई मतदान गर्न दिनुहोस्। ” उनले भने ।

बाइडेनको कार्यकारी आदेशमा धेरै विनम्र प्रावधानहरू संलग्न रहेका छन्। यसले संघीय एजेन्सीहरूलाई मतदाता दर्ता र निर्वाचन जानकारीमा पहुँच विस्तार गर्न निर्देशन दिन्छ । संघीय कर्मचारीहरूलाई मतदान दिन छुट दिने योजना बनाउँछ वा गैर-दल चुनावकर्मीको रूपमा स्वयम सेवीहरु दिन्छ ।

डेमोक्र्याटहरूले प्रतिनिधि सभामा प्रस्ताव १ को समर्थनलाई सुदृढीकरण गर्न कोशिस गरिरहेका छन्, जुन चुनावी प्रक्रियाको लगभग सबै पक्षलाई छुन्छ। यो गत बुधवार करीव पार्टी-लाइन भोट(दलको नीति)अनुसार २२०-२१० मा स्वीकृत भै सकेको छ ।

मतदान अधिकार विधेयकमा कंग्रेसनल जिल्लाहरुमा पक्षपातपूर्ण अप सीमांकन (जेरीम्यानडरिंग )लाई प्रतिबन्ध गर्ने, मतदानमा अवरोध पुर्‍याउने र भ्रष्ट अभियान बित्तिय प्रणालीमा पारदर्शिता ल्याउने प्रावधान समावेश छ ।

श्रोत : एपी

प्रतिक्रिया