संवैधानिक अध्यादेशको विरोध गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

इनेप्लिज २०७७ फागुन २३ गते १३:१० मा प्रकाशित

काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संवैधानिक अध्यादेशको विरोध गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्।

संसदलाई बन्धक बनाएर सरकारले संवैधानिक अध्यादेश ल्याएको भन्दै कांग्रेस सांसदहरु आ आफ्नो ठाउँबाट उठेर त्यसको विरोध जनाएका हुन्।

कांग्रेस सांसदहरुले नारावाजी जारी राखेसँगै सभामुख अग्नी प्रसाद सापकोटाले १० मिनेटका लागि संसद वैठक स्थगित गरेका छन्।त्यस्तै दाहाल नेपाल समूहका सांसदहरुले सरकारको गैर कानूनीका गतिविधि गरेको भन्दै संसद बहिस्कार गरेका छन्।

प्रतिक्रिया