प्रदेश सरकारले सङ्घीय सरकारसँग लागत सहभागिताका लागि माग गर्ने

इनेप्लिज २०७७ फागुन २३ गते १३:०६ मा प्रकाशित

विराटनगर, २३ फागुन।प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारले सञ्चालन गरेको रु.एक अर्व भन्दा माथिका संरचना र परियोजनामा ५० प्रतिशत लागत सहभागिताका लागि सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा सञ्चालित यस्ता योजनामा प्रदेश सरकारले मात्र सम्पन्न गर्न समस्या हुने भएकोले ५० प्रतिशत लागत सहभागिता भइदिन सङ्घीय सरकारसँग माग गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो।

उहाँले रु.दुई अर्व लागतमा सञ्चालित मोरङको घिनाघाट देखि विराट चोकसम्मको २२ किमी बाटो,रु.एक अर्व २६ करोड लागतको इलामको सन्दकपुर पर्यटकीय बाटो,रु.एक अर्व ३५ करोड लागतको मोरङको किसान, रवि र आइतबारे सडक,रु.एक अर्व २७ करोड लागताको झापाको कन्काई अमर बस सडक(दक्षिणी क्षेत्र भारतको सीमासँग जोडिने),सुनसरीको कोशी गाउँपालिका वडा नं ४ स्थित रु.एक अर्व ५० करोड लागतमा सञ्चालित योजना सम्पन्न गर्नका लागि रकम माग गर्ने निर्णय भएको प्रवक्त्ता कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया