आइतबार, चैत २९ २०७७
काठमाडौं २१:४३
वासिङटन डिसी 11:58

ट्रम्पले आफू बिरुद्ध मतदान गरेकी अलास्काकी सिनेटर बिरूद्ध अभियान चलाउने चेतावनी

इनेप्लिज २०७७ फागुन २३ गते १२:३९ मा प्रकाशित

अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काकी सिनेटर बिरूद्ध अभियान चलाउने चेतावनी दिएका छन् । उनले गत शनिवार अलास्काकि सिनेटर लिसा मुरकोस्कीको बिरूद्ध अभियान चलाउने योजना गरेको बताए ।

दोश्रो महाअभियोग र सदनमा आक्रमण गर्ने बिद्रोहीलाई उक्साएको कारण आफ्नो विपक्षमा मतदान गरे पछि उनले आफनै रिपब्लिकनकी सिनेटरलाई आक्रोश पोखेका हुन् ।

अर्को बर्ष मुरकोस्की पुन: सिनेटरमा उम्मेदवारी दिने बुझे पछि ट्रम्पले झटारो हानेका हुन् । “म कुनै पनि परिस्थितिमा अलास्काको महान राज्यका असफल उम्मेदवार लिसा मुरकोस्कीको समर्थन गर्ने छैन,” ट्रम्पले विज्ञप्तिमा भनेका छन । उक्त समाचार पहिलो पटक पोलिटिकोले प्रकाशित गरेको हो ।

“उनी आफ्नो राज्यको नराम्रो प्रतिनिधित्व गर्छिन् र उनले राज्य अझ नराम्रो बनाएकी छिन् । अर्को वर्ष अरु मानिस कहाँ हुन्छन् मलाई थाहा छैन, तर मलाई थाहा छ म – अलास्कामा निष्ठाहीन र एकदम नराम्रो सिनेटरको बिरूद्ध प्रचार गर्ने ।” उनले बताए ।

शनिबार पहिलो पटक मात्र ट्रम्पले मुरकोस्की बिरूद्ध प्रचार गर्ने धम्की दिएका हैनन् उनले सिनेटका रिपब्लिकनका अल्पसंख्यक नेता मिच म्याकोनेललाई पनि तर्साउने प्रयास गरेका थिए । म्याकोनेलले ट्रम्पलाई ४ बर्ष सम्म अन्त्य सम्म बचाउन कुनै कसर छोडेनन । उनका केही कुराहरु मन नपरे पछि ट्रम्पका बिरुद्ध बोल्दा उनि माथि पनि ट्रम्प खनिएका हुन् ।

सिनेटर मुरकोस्कीले ७ जना रिपब्लिकनका सिनेटर मध्ये एक हुन् जसले सदन आक्रमणमा बिद्रोहीहरुलाई प्रोत्साहन गरेको भन्दै ट्रम्प बिरुद्ध दोश्रो महाअभियोगमा दोषी गर्नु पर्छ भनि मतदान गरेकी थिइन् । रिपब्लिकन दलमा ट्रम्पको अत्यन्तै प्रभाव छ भने दल उनकै मुट्ठीमा छ । उनले जे भने पनि कसैले बिरोध गर्ने आँट गर्न सक्दैनन् । राजनीति नै समाप्त हुने भन्ने भयले सबै रिपब्लिकन मुकदर्शक भै केवल तमाशा हेरी रहेका छन् ।

श्रोत :सिएनएन

प्रतिक्रिया