आइतबार, चैत २९ २०७७
काठमाडौं २२:२९
वासिङटन डिसी 12:44

टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु

इनेप्लिज २०७७ फागुन २२ गते २३:२६ मा प्रकाशित

टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा परि मृत्यु भएको छ । जर्जियाको उपनगर क्षेत्रको ८५ अन्तरराज्य राजमार्गमा गोली चल्दा उनको निधन भएको प्रहरी अधिकारीले शनिवार जानकारी दिएका छन् । उनलाई अस्पताल लागिएको थियो भने उनको अस्पतालमा निधन भएको छ ।

र्यापर कोरी डिटिज नामक कलाकरलाई मंचमा चकि ट्रिलको नामले चिनिन्छ । गत शुक्रबार उनको निधन भएको ग्विनेट काउन्टीका प्रहरीले जनाएका छन ।

प्रहरी विभागका प्रवक्ता कोलिन फ्लिनका अनुसार कसैले उनको गाडी नजिक आएर करिव बिहान ३ बजे शुक्रवार गोली हानेको बताए । ३३ बर्षिय डिटिज टेक्सस सुगर ल्याण्डका हुन् ।

फ्लिनले उक्त संदिग्ध ब्यक्ति त्यहाँबाट भागेका थिए भने प्रहरीले उक्त संदिग्ध व्यक्तिको हुलिया र सवारी साधनबारेमा जानकारी दिएका छैनन । र ,अझ सम्म पनि उनलाई पक्राउ गरिएको छैन ।

श्रोत : एपी/ एबिसीन्युज

प्रतिक्रिया