डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
अमेरिकाको राजधानी वाशिंगटन डिसीका १३ बर्षिय किशोरलाई उनले जबर्जस्ती अर्काको गाडी लुट्ने अपराध गरेको पाइएकोमा पक्राउ गरिएको छ । डिसीको उत्तरपूर्वका बासिन्दा रहेका उनलाई गत शुक्रवार मार्च ५ का दिन डिसी प्रहरीले पक्राउ गरेको हो ।
उनले डिसीमा ३ छुट्टा छुट्टै स्थानमा गाडी जबर्जस्ती लिएर भाग्ने गरेको आरोप लगाईएको छ । उनले प्रथम पटक गत नोभेम्बर १७,२०२० मा करिव ५:५० बजे साँझ डिसी कै न्यानी हेलेन बरो एभेन्युमा एक पीडितले आफ्नो साचो सहित गाडी चालु गरेको अवस्थामा छोडेर भएका थिए । उक्त संदिग्ध गाडी भित्र प्रवेश गैर बेपत्ता भएका थिए ।
दोश्रो, गत डिसेम्बर २७ ,२०२० का दिन उक्त किशोर गाडीमा मानिस बसी रहेको समयमा नजिक गएर हाते बन्दुक देखाएर साचो छोड्न समेत माग गरेका थिए । उक्त घटना करिव १०:५१ बजे राती उत्तरपूर्वमा भएको थियो भने उनले गाडीको साचो मागेता पनि नदिए पछि किशोर भागेका थिए।
यसै गरि तेश्रो काण्ड जनवरी ६ का दिन साँझ ५:४२ मिनेटमा गाडीमा बसी रहेको मानिससंग दक्षिणपूर्वमा भएको थियो । उनले पीडितलाई बन्दुक देखाए पछि सवारी साधन चालक त्यहाँबाट निस्के पछि उनले गाडी लिएर भागेका थिए तर पछि गाडी फेला पारिएको थियो ।
श्रोत :डब्लुटिओपि
हवाईको होनोलुलुको एक अतिथि गृहमा गोली चले पछि अतिथगृह पूर्णबन्दी
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
प्रतिक्रिया