आमा कहाँ खोजुँ ?

इनेप्लिज २०७७ फागुन २२ गते १९:२३ मा प्रकाशित

आमा शब्द सबैलाई प्यारो लाग्छ । आमा शब्दलाई प्राय सबैले आआफ्नै तरिकाले व्याख्या गर्ने गरेका छन् । यहि सन्दर्भमा निर्देशक अशोक थापामगरले छोटो कथा बुनेर आमालाई फरक ढंगले खोज्ने प्रयास गरेका छन्।गितान्जली थापामगरको सुरिलो आवाजमा पहिलो पटक आमा खोज्दै यस क्षेत्रमा प्रवेश गरेका छन्। फाल्गुन २० गते बिहिबार हाईलाइटस् नेपाल बाट रिलिज भएको ‘आमा कहाँ खोजुँ ? म्युजिकल स्टोरीमा बाल कलाकार नेरेश्का स्थापितले आमा खोज्ने भुमिका निभाए कि छिन भने रुबि मैनालीले एक बिबश आमा, बिबश्तावश सानी छ महिनाको छोरीलाई खोलाको किनारमा छोड्न विबश आमाको भुमिकामा छिन् । सानी बालिकाको निदोर्ष भुमिका सारिका दाहालकी र आश्रमकी आमा सृष्टी थापामगरको रहेको छ।

यस कथामा, अनाथ आश्रममा हुर्किरहेकी १० बर्ष कि छोरीले जन्म दिने आमाको खोजी गरेको कथा छ।जन्म दिने आमाले विविध कारण र बिबश्ताले आफ्नो नबजात शिशुलाई फाल्न बाध्य रहेको कथा छ।अनाथ अश्राममा रहेकी छोरीले जब बिस्तारै ठुली हुदै जान्छे जन्म दिने आमाको बारेमा सोच्न थाल्छे।उनलाई भेट्न् मन लाग्छ।जस्तो सुकै भए पनि एक चोटी भेट्न पाए हुन्थ्यो भन्ने चाहाना बढ्न थाल्छ।आश्रममा कर्म दिने आमा भए पनि उनलाई जन्म दिने आमाको अभाब खट्की राखेको हुुन्छ।

एक दिन अचानक,आफु सानो छदाँ खोलाको किनारमा छोडेर भागेको सपना देख्छे, व्युँझिन्छे।उनलाई अझ बेशी आमाको आवश्यक्ता महशुश गर्छे।आमाको खोजि गर्छे।यसमा छोरीको धारणाबाट, छोरीले कथालाई प्रस्तुत गरेको छ।

यो हाम्रो समाजमा देखिने हजारौ निर्दोष र अबोध अनाथ बालबालिकाहरुको कथा हो।आमाको अभावमा हुर्किरहेका बालबालिकाहरुको लुकेका पिडाहरु, बनावटी खुशीहरु,आघातित बाल मनोविज्ञान र जिबनमा आमाको महत्वलाई प्रकाश पार्न खोजिएको छ।हजारै शिशु अनाथ हुनुमा एउटी आमा भन्दा हाम्रो समाज दोषी पो हो कि ? अपराधी हो कि ? राज्यको नीतिले एकल पहिलामा कानुन असहज हुनुको पछाडी केही हद सम्म राज्य पनि दोषी हो कि ? भन्ने प्रश्न गर्छन्।

यस सांगीतिक फिल्मामा गितान्जली थापाको स्वर, निर्देशक स्वयंको शब्द, संगीत र अरेन्जर याकुब राई रहेका छन्।दिपक बज्राचार्यको छायाँकन र निर्माणमा टेक बहादुर थापा र राजु थापा रहेका छन्।एम मिडिया प्रा.लि.को निर्माणमा निर्देशक थापामगरले यसअघि द कोरियन ड्रिम, बरिड इन टियस्, ड्रिम एण्ड रियालिटी जस्ता डकुमेन्टरी फिल्मबाट बिभिन्न नौ वटा अन्र्तराष्ट्रिय अवार्ड पाएका छन्।

कलाकारहरु

नेरेस्का स्थापीत,रुवी मैनाली,सारिका ढकाल,सृष्टी थापा मगर

निर्देशक परिचय अवार्ड

INTERNATIONL AWARDS
Jury Award Nepal Canada International Film Festival, Canada, 2012
Jury Award Aljazeera International Documentary Film Festival, Qatar – 2013
Appreciation Award Baghdad International Film Festival, Iraq – 2013
Best Documentary Award Dhaka International Film Festival, Bangladesh – 2014
Rising Award Canada International Film Festival, Canada – 2014
Second Prize Award Carnegie Mellon International Film Festival, USA -, 2014
First Prize Award Day of ethnographic film Festival Slovenia, 2015
Appreciation Film Development Board, Government of Nepal, 2015
Appreciation Culture, Tourism and Civil Aviation, Government of Nepal, 2016

DIRECTION/PRODUCTION & NAME OF DOCUMENTARIES
BURIED IN TEARS 41 minutes
THE KOREAN DREAM 27 minutes
DREAM & REALITY 11 minutes
OH HAN RIVER HEED MY STORY 45 minutes
DOLMA Nepali Feature Movie 100 minutes under the production

Credits
♪ AUDIO CREDITS
Song – Aama Kahan Khoju ?

प्रतिक्रिया