शताब्दी पुरुष सत्यमोहन बाट डीपीको पुस्तक ‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिजपारी’ सार्वजनिक

इनेप्लिज २०७७ फागुन २२ गते १९:०२ मा प्रकाशित

काठमाडौ।कवि तथा गीतकार डी पी दाहाल परिश्रमीको पुस्तक ‘अन्तर्मनका सुसेली’र म्युजिक भिडियो ‘क्षितिजपारी’ सार्वजनिक भएको छ।काठमाडौमा एक कार्यक्रमका बिच पुस्तक र भिडियो एकसाथ सार्वजनिक गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी,बिशिष्ट अतिथि, वरिष्ट संगीतकार शम्भुजीत बास्कोटा लगायतले २ कृतिलाई सार्वजनिक गरेका थिए।

२ कृति सार्वजनिक पछि प्रमुख अतिथि सत्यमोहन जोशीले कवि तथा गीतकार दाहाल लगायत भिडियोको टिमलाई बधाई दिए।म्युजिक भिडियोको तारिफ गर्दै जोशीले राम्रो भिडियो निर्देशन र कलाकारहरुको अभिनयले जिवनदान दिने काम भएको बताए । जोशीले पुस्तक ‘अन्तर्मनका सुसेली’को पनि तारिफ गर्दै यस पुस्तकको बारेमा लामो ब्यख्या गरेका थिए।

त्यस्तै बिशिष्ट अतिथि शम्भुजीत बास्कोटाले पनि २ कृतिका लागी कवी तथा गीतकार डी पी दाहाल परिश्रमीलाई बधाई दिए।क्षितिजपारी गीतको म्युजिक भिडियो राम्रो लागेको बताउदै कलाकार र निर्देशकलाई बधाई दिए।म्युजिक भिडियोमा प्रस्तुत भएको ड्रामाले अझ राम्रो बनेको बास्कोटाले बताए।

कार्यक्रममा कवि तथा गीतकार डी पी दाहाल परिश्रमीले आफ्नो धेरै पेषा भएपनि गीत, संगीत बिधाले आफुलाई जागाइरने र बचाइरहने काम गरेको बताए । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि लागायतलाई सम्मानपनि गरिएको थियो।

चर्चित गायक प्रताप दास र चर्चित गायिका रचना रिमालले गाएको ‘क्षितिजपारी’ बोलको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन्।गीतमा डी पी दाहालको शब्द रहेको छ।यस म्युजिक भिडियो उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेका छन् । चर्चित मोडल सुधिर श्रेष्ठ र मोडल अशु न्यौपानेले अभिनय गरेको म्युजिक भिडियामा कामको तारिफ धेरै पाएका छन्।निकै अब्बल अभिनय र निर्देशनले गीतको म्युजिक भिडियो फिल्मी शैलीमा प्रस्तुत गरिएको छ।यस भिडियोलाई चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र हुमागाई शर्माले खिचेका छन्,भने अमृत चापागाईले सम्पादन गरेका छन्।यो गीत डिलाइटेड युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया