आइतबार, चैत २९ २०७७
काठमाडौं २१:४१
वासिङटन डिसी 11:56

बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित

इनेप्लिज २०७७ फागुन २२ गते १७:५८ मा प्रकाशित

 

राष्ट्रपति जो बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत बिधेयक सिनेटले अन्तवगत्वा पारित गरेको छ ।

कोरोना भाईरस राहत बिधेयकलाई शनिबार अनुमोदन गरेको हो ।यस विधेयकमालामो २४  घण्टाको बहस पछि मतदान हुदा स्विकृति प्राप्त भएको छ ।एक कठोर संशोधन प्रक्रिया गत शुक्रबार करीव १२ घण्टा सम्म रोकिएको  थियो ।

अन्तिम मतदानमा हुदा मत ५०-४९ परेको थियो। सबै डेमोक्र्याटहरूले बिधेयकको पक्षमा मतदान गरेका थिए र सबै रिपब्लिकनले यसको बिरूद्ध मतदान गरेका थिए ।बाइडेनको एक महत्वपूर्ण  कार्यसुची सफलतापूर्वक पारित हुन सकेको छ ।

उपराष्ट्रपति कमला ह्यारिसले यस बिधेयकमा आफ्नो मत प्रयोग गर्नु परेन कारण रिपव्लिकनका सिनेटर डान सुलेभन पारिवारिक आकस्मिकको कारण सदन छोडेर घर गएका थिए ।

प्रतिक्रिया