आइतबार, चैत २९ २०७७
काठमाडौं २१:१३
वासिङटन डिसी 11:28

रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ

इनेप्लिज २०७७ फागुन २२ गते १५:३२ मा प्रकाशित

 

ब्लड डोनर्स अफ अमेरिकाको टेक्सास राज्यको संयोजन समितिमा विगत ४ बर्ष देखी रक्तदान कार्य गर्ने गराउने काममा निरन्तर लागिरहेका प्रेम श्रेष्ठले एनआरएन अमेरिका बोर्डअफ डाईरेक्टरमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले रक्तदानको अभियानलाई एनआरएनए जस्तो संस्थासँग जोड्न एव सामाजिक सेवाको लागी एनआरएनए उपयुक्त एवं प्रभावकारी संस्था रहेकोले प्रत्यक्ष सहभागी रहेर काम गर्ने चाहना रहेको आफ्नो सानो भनाइ राखेका छन् ।

छापा बिज्ञप्ति सहित उनको आह्वानको पूर्ण पाठ जस्ताको त्यस्तै :

प्रेम श्रेष्ठ, एनआरएन अमेरिका बोर्डअफ डाईरेक्टरका प्रत्यासी अमेरिकावासी सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरुमा नमस्कार !

गैरआवासिय नेपालीहरूको प्रतिनिधिमूलक संस्था एनआरएनए अन्तर्गतको एनआरएनए अमेरिकाको सदस्यता दर्ता तथा नविकरण अन्तिम चरणमा पुगेको यहॉंहरु जानकार हुनुहुन्छ। प्रवासमा नेपाल सरकारबाट मान्यताप्राप्त एकमात्र संस्था एनआरएनएको अमेरिका समन्वय परिषदको सदस्यता दर्ता तथा नविकरणमा यहॉंहरूसवैको चासो र उत्साहजनक सहभागिता रहेको मैलेपनि महसुस गरेको छु।

आफु बस्ने टेक्सास राज्यमा भएका सदस्यता दर्ता एवं नविकरणका औपचारिक एवं अनौपचारिक भेटघाट र छलफलमा सक्रिय सहभागी हुदै आएको छु। साथै आफुरहेको लवक शहरमा रहेका साथीभाईहरूलाई आफ्नै निवासमा निमन्त्रणा गर्दै सदस्यता दर्ता एवं नविकरणको कामलाई उच्च सम्मानकासाथ अगाडी बढाउन पाएकोमा खुशी व्यक्त गर्न चाहन्छु । यस काममा सहभागी भई हौसला प्रदान गर्नुहुने सवैप्रति धन्यबाद प्रकट गर्न चाहन्छु।

दशकलामो अमेरिका बसाईमा आफु सामाजिक सेवामा प्रत्यक्ष अप्रत्यक्ष सहभागी हुदै आएको छु । ब्लड डोनर्स अफ अमेरिकामा रहेर जिवनकै पुन्य कार्यको रूपमा चिनिने रक्तदान कार्यलाई नेपाली समाजमा अभियानकोरूपमा चिनाउन लामो समयदेखी सहभागी हुदै आएको छु । टेक्सास राज्यको संयोजन समितिमा रहेर विगत ४ बर्षदेखी रक्तदान कार्य गर्ने गराउने काममा निरन्तर लागिरहेको जानकारी गराउन पाउदा गर्वको महसुस गरेको छु ।

रक्तदानको अभियानलाई एनआरएनए जस्तो संस्थासँग जोड्न एव सामाजिक सेवाको लागी एनआरएनए उपयुक्त एवं प्रभावकारी संस्था रहेकोले प्रत्यक्ष सहभागी रहेर काम गर्ने चाहना रहेको यहॉंहरु समक्ष राख्न चाहन्छु । हामी सवैको परिचय जोडिएको एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा वोर्डअफ डाईरेक्टरको भूमिकामा रहेर काम गर्ने निर्णय गर्दै यहॉंहरु सवैको साथ, समर्थनको अपेक्षा गरेको छु। धन्यवाद !

यहॉंहरूको अमुल्य सल्लाह सुझाव र सहयोगको अपेक्षासहित !

प्रेम श्रेष्ठ
ब्लड डोनर्स अफ अमेरिका
टेक्सास राज्य समन्वय समिति सदस्य तथा
एनआरएनए अमेरिका बोर्ड अफ डाईरेक्टरको प्रत्याशी
Phone: 806 543 4681
E-Mail: [email protected]

प्रतिक्रिया