कोरोना उपचारमा नेतृत्वदायी भुमिका निर्बाह गर्ने चिकित्सकहरु शन्तिदुतका रुपमा सम्मानित

इनेप्लिज २०७७ फागुन २२ गते १५:३१ मा प्रकाशित

काठमाडौ । कोरोना महामारीको समयमा जोखिम मोलेर पनि उपचारमा संलग्न भएर ऐतिहासिक भुमिका निर्बाह गर्नुभएका चिकित्सकहरुलाई शनिबार एक समारोहकाबीच सम्मान गरिएको छ ।
युनिभर्सल पिस फेडरेशन इन्टरनेशलन एशोसिएशन अफ पार्लियामेण्टेरियन्स फर पिसले बिभिन्न अस्पतालमा कोरोना उपचारमा नेतृत्वदायी भुमिका निर्बाह गर्नुभएका बरिष्ठ चिकित्सकलाई शान्तिदुतको रुपमा सम्मान गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यता र पुर्ब मन्त्री एवं पिस फेडरेशनका एशिया प्यासिफिकका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा भएको समारोहमा डा सागरराज भण्डारी , प्रा डा सुवास आचार्य , डा सन्तकुमार दाश , डा रोशनकुमार झा, डा अनुप बास्तोला , डा सौरभ श्रेष्ठ, डा रोना झा , डा शेरबहादुर पुन, डा बिपिन नेपाल , डा रक्षा पाण्डे, डा समीरकुमार अधिकारी सम्मानित हुनुभयो ।

त्यसैगरी राज्यमन्त्री रामबीर मानन्धर , पत्रकारद्धय अतुल मिश्र र श्रीराम सुबेदीलाई पनि सम्मान गरिएको थियो । उहांहरुलाई सम्मान गर्देै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले कोरोना लागेकाहरुलाई उपचार गर्न चिकित्सकहरुले ऐतिहासिक भुमिका निर्बाह गरेको बताउनुभएको छ ।

उहांले नेपालमा कोभिड १९ लाई कम गर्न राज्य लगायत सबै पक्षको भुमिका रहेको भन्दै एकले अर्काको अस्तित्वलाई स्वीकार गरेमा सबैतिर शान्ति कायम हुने कुरामा जोड पनि दिनुभएको छ । मानब समाज , मानब कल्याण , बिश्व शान्ति र सुशासनका लागि लामो समय देखि क्रियाशील पिस फेडरेशनले बिभिन्न क्षेत्रमा शान्ति र सुशासनका लागि योगदान गर्नेहरुलाई बिगतका बर्षहरु देखि नै सम्मान गर्र्दे आएको छ ।

पुर्ब उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले सबैको प्रयासका कारण अन्य देशको तुलनामा नेपालमा कोभिड १९ को महामारी कम हुदै गएको भन्दै खुशी ब्यक्त गर्नुभएको छ । उहाले संकटका बेला स्वास्थ्यकर्मीको भुमिका प्रशसनीय रहेकोले स्वाथ्यकर्मीलाई सम्मान गरेर फेडरेशनले उहांहरुको मनोबल थप बढाएको बिश्वास ब्यक्त गर्नुभएको छ ।

सम्मानितहरुका तर्फबाट टेकु अस्पतालका निर्देशक डा सागरराज भण्डारीले आफुलाई गरिएको सम्मान अस्पतालका २ सय ९७ जना चिकित्सक कर्मचारीको सम्मान भएको बताउनुभएको छ । मेरो सम्मान अस्पतालका सम्पुर्ण कर्मचारीहरुमा अर्पण गर्न चाहन्छु किनकि उहांहरु सबैले गर्दा मैले सफल नेतृत्व सकेको हु – डा भण्डारीले भन्नुभएको छ ।

पुर्ब मन्त्री ढकालले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको कार्र्यक्रममा फेडरेशनका एशिया निर्देशक सन्तोषकुमार पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो भने गायिका सदिक्षा कटेलले मीठो गीत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया