आइतबार, चैत २९ २०७७
काठमाडौं २२:२८
वासिङटन डिसी 12:43

ट्रम्पले बिदेश विभागमा नियुक्त गरेका एक कर्मचारीले सदनमा बिद्रोह गर्दा प्रहरीलाई आक्रमण गरेकोमा ६ वटा अभियोग

इनेप्लिज २०७७ फागुन २२ गते १३:३२ मा प्रकाशित

अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी बिदेश विभागमा राजनैतिक नियुक्ती पाएका एक कर्मचारीले सदनमा बिद्रोह गर्दा प्रहरीलाई आक्रमण गरेको ६ वटा अभियोग लगाईएको छ ।

गत जनवरी ६ मा सदनमा भएको दंगा,आक्रमण र विद्रोहको क्रममा उनले प्रहरी बिरुद्ध धक्का दिएको कारण उनीलाई ६ वटा आरोप सहित अदालतमा हाजिर गर्न लगाईएको छ । गत मार्च ५ का दिन शुक्रबार उनि वाशिंगटन स्थित संघीय अदालतमा हाजिर भएका थिए ।

फेडेरिको क्लेन नामक उक्त व्यक्ति डीसी क्षेत्रमा बसोबास गर्दछन । उनि सदनमा आक्रमणको बेला त्यहा भाग लिएको कारण पक्राउमा परेका हुन् । उनि ट्रम्प प्रशासनको पहिलो राजनैतिक नियुक्तकर्ता रहेका थिए।

उनले संघीय विभागमा काम गर्न गोप्यस्तरीय सुरक्षा निकायबाट सफाई (टप सेक्रेट सेक्यूरिटी क्लिएरेन्स )प्राप्त गरेका थिए । र उनले ट्रम्प प्रशासनमा अन्त्यमा विदेश विभागबाट राजीनामा दिएका थिए।

अनुसन्धानकर्ताहरूले क्लेनलाई दंगामा संलग्न भएको भेटिएका र प्रहरी दंगा कवच प्रयोग गरेर दंगा गर्नेहरूलाई प्रवेशद्वार खोलेको र केही मिनेटसम्म तैनाथ प्रहरी बिरूद्ध लडेका थिए ।

क्लेनले रातो “मेक अमेरिका ग्रेट अगेन” टोपी लगाई दंगाको समयमा देखिएका थिए भने पछि “संयुक्त राज्य मरीन कोर्प्स” टोपीमा परिवर्तन भएको अन्वेषकहरूले जनाएका छन् ।

क्लिनलाई छ वटा आपराधिक गणनाको आरोप लगाइएको छ । जस्मा खतरनाक हतियारको साथ अधिकारीहरूलाई हमला गर्ने, हिंस्रक रूपमा सदन (क्यापिटल) मैदानमा प्रवेश गर्ने ,कानूनको कार्यान्वयन गर्ने र कांग्रेसलाई अवरोध पुर्‍याउने जस्ता कुराहरू छन्। बिद्रोह गरि सत्ता कब्जा गर्ने उद्धेश्यले सदनलाई घेराउ गर्ने ,दंगा गर्ने र आक्रमण गर्ने करिव ३ सय जनालाई एफबिआईले संघीय अपराधको अभियोग लगाई सकेको छ ।

श्रोत : सिएनएन

 

प्रतिक्रिया