आइतबार, चैत २९ २०७७
काठमाडौं २१:१०
वासिङटन डिसी 11:25

टेक्ससमा प्राकृतिक वाष्प बिस्फोट हुँदा कम्तिमा ६ जना अस्पताल भर्ना

इनेप्लिज २०७७ फागुन २२ गते १२:३५ मा प्रकाशित

टेक्सस राज्यमा नेचुरल ग्यास (प्राकृतिक वाष्प )बिस्फोट हुँदा कम्तिमा ६ जना अस्पताल भर्ना भएका छन् । टेक्सस कै सेन्टर पोइन्ट इनर्जीका कर्मचारीहरु उक्त बिस्फोटमा परि स्थानीय अस्पतालमा भर्ना गरिएको उन्क्त प्रतिष्ठानले जनाएको छ ।

टेक्ससकै स्प्रिंगको ग्लेनलक भन्ने स्थानमा भएको उक्त सँस्थाका प्रवक्ताले सिएनएनलाई बताएका छन् । प्रारम्भिक अनुसन्धानका अनुसार ह्यारिस काउन्टीका अग्नि मार्शल कार्यालयले सामाजिक संजालमा उल्लेख गरे अनुसार सम्भवत ग्यास बिस्फोट भै आगो लागको बताएका छन् ।

उक्त बिस्फोट पछि ५ सय फुट वरपरको सेरोफेरोमा वासिन्दाहरुलाई खाली गर्न लगाइएको छ । मार्शल कार्यालयका अनुसार आगोको कारण कम्तिमा एक घरमा क्षति पुगेको छ । उक्त घटनाको कारण कम्तिमे ८ सय ग्राहकहरुएको सेवा अबरुद्ध भएको जनाइएको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया