अनिलाई बेष्ट इभेन्ट कोरियोग्राफर अवार्ड

इनेप्लिज २०७७ फागुन २२ गते १२:२५ मा प्रकाशित

काठमाडौँ।फेसन मोडलिङ तथा सौदर्य प्रतियोगिताको कोरियोग्राफर अनिला श्रेष्ठले एकसाथ तीन बिधामा अवार्ड हात पारेकी छन्।उनले ‘फेसनफेअर अवार्डस् २०२०’मा उनले बेष्ट इन्टरनेशनल नेशनल निर्देशक,बेष्ट इभेन्ट कोरियोग्राफर र बेष्ट इभेन्ट अर्गनाइजेशन गरेर एकसाथ तीन अवार्ड हात पारेकी हुन्।

भक्तपुरस्थित एम्पेरियल ब्याङ्क्वेट हालै आयोजित फेसन,मोडलिङ तथा ब्युटी प्याजेन्ट विधामा समर्पित ‘फेसनफेअर अवार्डस् २०२०’अन्य थुप्रै ब्यक्ति समेत सम्मानित भएका थिए।

‘फेसनफेअर अवार्डस् २०२०’ ड्रिम सर्च एजेन्सीको स्थापनाको सातौं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको थियो।

ग्रीन आर्टस् मिडियाको कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर समेत हुन्।

सन् २०१९मा चीनको ग्वान्जोमा आयोजित ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागिता रहेको ‘मिसेस् युनिभर्स २०१९’मा श्रेष्ठलले नेपाललाई सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि दिलाएकी थिइन्।उनी‘मिसेस् नेपाल युनिभर्स २०१९’की बिजेता पनि हुन्।फेसन कोरियोग्राफरका रुपमा स्थापित गर्न सफल अनिला २००५ देखि प्याजेन्ट र फेसन क्षेत्रमा काम गर्दै आएकी छन्।

प्रतिक्रिया