शैक्षिक महिला सञ्जालद्वारा नगद सहित उप्रेती सम्मानित

इनेप्लिज २०७७ फागुन २२ गते ११:३१ मा प्रकाशित

काठमाडौं ।शैक्षिक महिला सञ्जालको प्रथम स्थापना दिवसको अवसरमा सामाजिक अभियान्ता तथा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) की संस्थापक तथा केन्द्रिय अध्यक्ष सबिता उप्रेती सम्मानित हुनु भएको छ ।

उप्रेती अटिजम भएका बालबालिकाको सेवामा समर्पित भई विगत एक दशक देखि समाजसेवा गर्दै समाजमा ठुलो योगदान दिनु भएकी भनि नगद पाँच हजार सहित दोसल्ला ओढाई सम्मान पत्रको साथ संजालले बिशेष सम्मान गरेको हो ।

”शिक्षा क्षेत्रमा महिलाको आबद्धता,गुणस्तरिय शिक्षाको प्रतिबद्धता” भन्ने मुल नाराका साथ शैक्षिक महिला सञ्जालको प्रथम स्थापना दिवस एक औपचारीक कार्यक्रम मार्फत गोकर्णेश्वर-५ ,मा अवस्थित नयाँवस्तिमा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाकी अध्यक्ष पार्वती दाहालले महिलाको नेतृत्व तथा व्यक्तित्व विकास गराउँदै विविध सामाजिक कार्यहरु साथै प्रत्यक बर्ष समाजसेवामा विशेष योगदान दिई छुट्टै पहिचान बनाउनु हुने एक जना महिलालाई विशेष सम्मान गर्ने उदेश्य रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ती नेपाल,गोकर्णेश्वर नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष,सदस्य,प्याप्सन तथा काठमाडौंमा निजी विद्यालय सञ्चालक, प्रिन्सिपल तथा डाइरेक्टरहरु लगाएतका विभिन्न संस्थाको नेतृत्व गर्ने व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया