आइतबार, चैत २९ २०७७
काठमाडौं २२:२४
वासिङटन डिसी 12:39

डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी

इनेप्लिज २०७७ फागुन २१ गते ११:३८ मा प्रकाशित

 

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा महिला तथा पुरुष गरि कूल ५ जनालाई गोली प्रहार गरिएको छ । कसैको निधन भएको छैन भने एक जना पुरुषको अवस्था गंभिर रहेको प्रहरीले जनाएका छन ।

उक्त घटना बिहिबार मार्च ४ का दिन डिसीको दक्षिणपश्चिममा भएको हो । गत बिहिबार साँझ ५ बजे मार्टिन लुथर किङ्ग जुनियर मार्गको ३९०० समूह भवनमा गोलीवारी चले पछि प्रहरीहरु त्यहा पुगेका थिए ।

एक ठाउँमा एक महिला र पुरुषलाई गोली हानिएकोले दुवैलाई अस्पताल भर्ना गरिएको जानकारी छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार थप गोलि लागेका २ पुरुष र एक महिलाहरुले उपचार चाहेकोले उनीहरु त्यहाँबाट गएका थिए । तर प्रहरीका अनुसार उनीहरुको अवस्थामा सामान्य रहेको बताईएको छ ।

प्रहरीले संदिग्धको तस्विर सार्वजनिक गरेको छ । यस घटनाको बारेमा केही जानकारी भएमा प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया